सुन किन्नेहरू सावधान: नक्कली सुन दिएर ठगी गर्ने गिरोह मोरङमा पक्राउ

मिति: २०२४-१२-०२ , समय : १८:४२:४४ , Our Pradesh

Our Pradesh

सुन किन्नेहरू सावधान: नक्कली सुन दिएर ठगी गर्ने गिरोह मोरङमा पक्राउ

मोरङ। नक्कली सुन देखाएर पैसा ठगी गर्ने गिरोह मोरङमा सक्रिय रहेको खुलासा भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङले यस किसिमको ठगीमा संलग्न छ व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

 

प्रहरीका अनुसार, पक्राउ परेका व्यक्तिहरूले वास्तविक सुनजस्तो देखिने नक्कली सुन देखाएर विभिन्न व्यक्तिहरूसँग ठूलो रकम असुल गर्ने गरेका थिए। ठगीको उजुरीपछि प्रहरीको विशेष टोलीले अनुसन्धान गर्दै उनीहरूलाई पक्राउ गर्न सफल भएको हो।

नक्कली सुन देखाई नगद तथा गरगहना ठगी गरेको आरोपमा भारतीय नागरिकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेमा संखुवासभा पाँचखपन गाउँपालिका–५ खपनटोल निवासी ५६ वर्षीय कृष्णबहादुर तामाङ, झापा तोपगाछी गाउँपालिका १ का ५२ वर्षीय अशोक तामाङ, कन्काई नगरपालिका–९ घैलाडुब्बाका ५९ वर्षीय ढकलबहादुर थिङ्ग, अर्जुनधारा नगरपालिका–११ का ५४ वर्षीय प्रविन तामाङ, हल्दीबारी गाउँपालिका–३ बाघडाँडा बस्ने ६६ वर्षीय रामबहादुर कन्दङ्वा, भारतको बंगालस्थित नक्सालवाडीका ५१ वर्षीय नारायण गुरुङ, नक्सलबाडीका ३४ वर्षीय सञ्जय शर्मा रहेका छन् ।

 

पक्राउ परेका आरोपितहरुलाई मोरङ प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । उनीहरुको समूहले पूर्वका विभिन्न जिल्लामा नक्कली सुनका टिल (बिस्कुट) बोकेर सर्वसाधारणसँग चिनजान गर्ने र त्यसपछि आफन्त भएर नजिकीदै ठगी गर्ने गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाले बताए । ‘आफन्त भएपछि उनीहरुको असजिलो बुझेर नक्कली सुन देखाउने, पैसा भएको थाहा पाए झुक्याएर चोरी गरेर फरार हुने गरेको खुलेको छ,’ उनले भने, ‘होटलमा बस्दा समेत उनीहरुले आफ्नो पहिचान बदल्ने र बारम्बार होटल परिवर्तन गर्ने गरेको पाइएको छ ।’

 

उनीहरुले विभिन्न जिल्लाका अस्पताल, मेला, हटिया तथा भीडमा सुटबुटमा सजिएर अपरिचितलाई समेत आफन्त बनाएर ठगीधन्दा चलाउने गरेको प्रहरीले जनाएउको छ ।

 

गिरोहका सदस्यहरू सार्वजनिक

 

जिल्ला प्रहरी कार्यालय मोरङले ठगीमा संलग्न गिरोहका ६ सदस्यलाई सार्वजनिक गरेको छ। उनीहरूको साथबाट नक्कली सुनका टुक्रा, ठगीबाट संकलित रकम, र ठगीमा प्रयोग भएका उपकरणहरू बरामद गरिएको छ।

 

ठगीको शैली

 

गिरोहले वास्तविक सुन जस्तै चम्कने नक्कली सुन तयार गरी उच्च मुनाफाको आश्वासन दिएर सर्वसाधारणलाई ठग्ने गरेको खुलेको छ। उनीहरूले सुन बेच्न व्यस्त बजार र सुन पसलमा सम्भावित ग्राहकहरूसँग सम्पर्क गर्ने र आकर्षक मूल्यको प्रलोभनमा पार्ने गरेको पाइएको छ।

 

प्रहरीको अपिल

 

जिल्ला प्रहरी कार्यालय मोरङले सर्वसाधारणलाई नक्कली सुनको प्रलोभनबाट जोगिन अपिल गरेको छ। सुन किन्ने क्रममा प्रमाणित पसल र अधिकृत स्रोतबाट मात्र कारोबार गर्न आग्रह गरिएको छ।

 

कानुनी प्रक्रिया अघि बढ्दै

 

पक्राउ परेका ठगी गिरोहका सदस्यहरूलाई ठगी सम्बन्धी कानुनी दफामा मुद्धा दायर गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

नक्कली सुन प्रकरणले सर्वसाधारणलाई सजग हुन र यस्ता गिरोहबाट सतर्क रहन ग

म्भीर सन्देश दिएको छ।

 

प्रकाशित मिति: २०२४-१२-०२ , समय : १८:४२:४४ , ५ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित