विराटनगरमा च्याम्पियनस् कराते एकेडेमी सञ्चालनमा
मिति: २०२४-१२-०७ , समय : ०९:३७:१७ , पारस मण्डल
मिति: २०२४-१२-०७ , समय : ०९:३७:१७ , पारस मण्डल
पारस मण्डल
विराटनगर, जलजला चोक
विराटनगरको जलजला चोकमा शुक्रबारदेखि च्याम्पियनस् कराते एकेडेमी सञ्चालनमा आएको छ। एकेडेमीको उद्घाटन कराते महासंघका केन्द्रीय सदस्य धर्म न्यौपानेले केक काटेर गरे।
एकेडेमीले बिहान ६ देखि ८ बजेसम्म र बेलुकी ४ देखि ७:३० बजेसम्म नियमित कक्षा सञ्चालन गर्नेछ। कोच साहिल गिरीका अनुसार, यो एकेडेमी स्थापना गर्ने उद्देश्य करातेमार्फत साना नानीहरूलाई सही दिशा दिनुका साथै उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु हो।
त्यस्तै अर्का कोच सुरज कामतले विराटनगरमा कराते सिक्न व्यवस्थित ठाउँको अभाव रहेकोले खेलाडीहरू र अभिभावकलाई परेको कठिनाइलाई समाधान गर्न एकेडेमी सञ्चालनमा ल्याइएको बताए।
उद्घाटन समारोहका अवसरमा दुई उत्कृष्ट कराते खेलाडी, दर्शना पराजुली र एलिना मगरलाई आजीवन निःशुल्क प्रशिक्षण प्रदान गर्ने घोषणा पनि गरिएको छ। कार्यक्रम खेलाडी, विद्यार्थी, र अभिभावकहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न भएको थियो।
यस एकेडेमीले विराटनगरमा कराते खेलको स्तरलाई उकास्न तथा नयाँ प्रतिभालाई अवसर प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा
गरिएको छ।
प्रकाशित मिति: २०२४-१२-०७ , समय : ०९:३७:१७ , ४ महिना अगाडि