कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको भनाइ: “नेकपा (एमाले) र कांग्रेस बिच कुनै खटपट छैन”
मिति: २०२४-१२-०७ , समय : १६:५६:२० , Our Pradesh
मिति: २०२४-१२-०७ , समय : १६:५६:२० , Our Pradesh
Our Pradesh
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको भनाइ: “नेकपा (एमाले) र कांग्रेस बिच कुनै खटपट छैन”
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले हालै आफ्नो फेसबुकमा देशको वर्तमान राजनीतिक सहकार्य र केही विवादास्पद विषयहरूप्रति स्पष्ट धारणा राखेका छन्।
उनले नेकपा (एमाले) र नेपाली कांग्रेसबीचको राजनीतिक सहकार्यलाई लिएर विभिन्न सामाजिक सञ्जाल र मिडियामा फैलिएका भ्रमलाई खण्डन गर्दै कुनै पनि प्रकारको खटपट नभएको बताएका छन्। उनले लेखेका छन्, “नेकपा (एमाले) र कांग्रेस बिचको वर्तमान राजनीतिक सहकार्यमा कुनै खटपट र समस्या छैन।”
मुख्यमन्त्री कार्कीले बेल्ट एण्ड रोड इनिसिएटिभ (BRI) सम्झौताबारे पनि प्रस्ट्याउँदै भनेका छन्, “BRI सम्झौतामा कुनै ऋणसम्बन्धी कुनै एजेन्डा छैन। सो सम्झौता नेपाली कांग्रेस र नेकपा (एमाले) बीच पूर्ण सहमति साथ गरिएको हो।”
समस्या अन्यत्र छ
उनका अनुसार देशको वर्तमान लोकतान्त्रिक सहकार्य र प्रणालीप्रति असन्तुष्ट व्यक्तिहरू र केही दलहरू यसमा समस्या खडा गर्न खोजिरहेका छन्। उनले भनेका छन्:
“समस्या छ, त केवल सत्तामा पुग्न नपाएका केही दलका निश्चित छिद्रावेसी मानिसमा छ।”
“समस्या छ त केवल केही सामाजिक सञ्जाल र मिडियाको दुरुपयोग गर्ने गैर-जिम्मेवार व्यक्तिहरूमा छ।”
“समस्या छ, त केही यो लोकतान्त्रिक प्रणाली मन नपराउनेमा छ।”
मुख्यमन्त्री कार्कीले दुई ठूला लोकतान्त्रिक दलहरूको सहकार्यलाई केही साना समूहहरूले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न चाहिरहेको आरोप पनि लगाए। उनले भने, “दुई लोकतान्त्रिक ठूला दलको सहकार्यका आफ्ना निश्चित गलत स्वार्थ सिद्ध नहुने चिन्ता भएका व्यक्ती वा सानातिना स्वार्थ समूहमा छ।”
सबैमा चेतना भया!
मुख्यमन्त्री कार्कीले आफ्नो भनाइको अन्त्यमा सबैलाई चेतना गराउँदै जिम्मेवार बन्न आग्रह गरेका छन्।
उनको यस धारणा पछिल्लो समय राजनीतिक चर्चाको विषय बनेको छ। यो भनाइले लोकतान्त्रिक दलहरूको सहकार्यलाई बल पुर्
याउने विश्वास गरिएको छ।
प्रकाशित मिति: २०२४-१२-०७ , समय : १६:५६:२० , ४ महिना अगाडि