डा. शेखर कोइरालाको स्पष्टता: “सभापतिमा उठ्ने कुरा क्लियर छ”
मिति: २०२४-१२-०७ , समय : १७:३४:२२ , Our Pradesh
मिति: २०२४-१२-०७ , समय : १७:३४:२२ , Our Pradesh
Our Pradesh
डा. शेखर कोइरालाको स्पष्टता: “सभापतिमा उठ्ने कुरा क्लियर छ
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको आगामी महाधिवेशनमा सभापतिका लागि आफू उम्मेदवार हुने विषयलाई स्पष्ट पारेका छन्।
शनिबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले सभापतिका लागि आफ्नो दाबीमा कुनै अन्योल नरहेको प्रस्ट्याए। उनले भने, “म सभापतिमा उठ्ने कुरा क्लियर छ। यो विषयमा कुनै शंका नगर्नुस्।”
गगन थापासँगको सम्बन्धबारे स्पष्टता
महामन्त्री गगन थापासँगको सम्बन्धबारे उठेका प्रश्नमा उनले कुनै खटपट नभएको बताए। “गगनजीसँग मेरो खटपट छैन। उहाँ उठ्नुहुन्छ कि हुँदैन, त्यो उहाँलाई नै सोध्नुस्। तर, बाँकी सबै विषयमा छलफल गरेर अगाडि बढ्छौं,” उनले भने।
आन्तरिक लोकतन्त्र र प्रतिस्पर्धाको धारणा
कोइरालाले पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउनेतर्फ जोड दिँदै महाधिवेशनमा प्रतिनिधि, केन्द्रीय सदस्यलगायत सबैलाई उम्मेदवारी दिने अधिकार रहेको धारणा व्यक्त गरे। उनले भने, “पार्टीभित्र प्रतिस्पर्धा स्वस्थ र लोकतान्त्रिक विधिबाट अघि बढ्नुपर्छ।”
ओली नेतृत्वको सरकारमाथि टिप्पणी
वर्तमान ओली नेतृत्वको सरकारमाथि टिप्पणी गर्दै उनले सुशासन र आर्थिक अवस्था कमजोर रहेको बताए। “अहिले सुशासन छैन, आर्थिक अवस्था जर्जर छ। सरकार गठनको सहमतिलाई पालना गरिएको छैन। यस्तो अवस्थामा संविधान संशोधनदेखि आर्थिक सुधारसम्मका मुद्दामा व्यापक सहकार्य गर्नुपर्ने आवश्यकता छ,” उनले थपे।
डाक्टर कोइरालाको यो धारणा आगामी महाधिवेशनमा उनको भूमिकालाई लिएर थप चासोको विषय बनेको छ।
प्रकाशित मिति: २०२४-१२-०७ , समय : १७:३४:२२ , ४ महिना अगाडि