सुनबर्सी नगरपालिका मा रासायनिक मलको कालोबजारी: किसान मर्कामा, पालिका मौन
मिति: २०२४-१२-०७ , समय : १९:५७:२८ , पारस मण्डल
मिति: २०२४-१२-०७ , समय : १९:५७:२८ , पारस मण्डल
पारस मण्डल
सुनबर्सी नगरपालिका मा रासायनिक मलको कालोबजारी: किसान मर्कामा, पालिका मौन
सुनवर्षी नगरपालिकामा रासायनिक मल युरिया, डीएपी, र पोटास नेपाल सरकारले तोकेको मूल्यभन्दा दोब्बर महँगोमा खुलेआम बिक्री भइरहेको छ। दशैंअघि केही दिन बजार अनुगमन गरेको देखिए पनि त्यसपछि पालिकाले यसबारे कुनै चासो देखाएको छैन।
कालोबजारीको चपेटामा किसान
किसानले आवश्यक मलसमेत नपाइरहेको अवस्थामा बजारमा कालोबजारी बढ्दो छ। सहकारीहरूले १५० बोरा मल ल्याएर त्यसमध्ये १०० बोरा मात्रै किसानलाई बेचेको र बाँकी मल महँगो मुल्य मा अन्यत्र बेचिएको घटनाहरू सार्वजनिक भए छ।
पालिका प्रमुख र उपप्रमुखप्रति गम्भीर प्रश्न
स्थानीय किसानहरूले पालिका प्रमुख र उपप्रमुखले यो समस्यालाई गम्भीरतापूर्वक लिनुपर्ने माग गरेका छन्। कालोबजारीका कारण किसानहरूले दोब्बर मूल्य तिर्नुपरेको र आवश्यक मलसमेत समयमा उपलब्ध नपाउँदा उत्पादनमा प्रत्यक्ष असर पर्ने चिन्ता बढेको छ।
प्रशासनको भूमिका र लापरवाही
दशैंअघि गरिएको अनुगमन मात्र देखावटी रहेको किसानहरूको आरोप छ। कालोबजारीमा संलग्नहरूविरुद्ध कुनै कारबाही नभएको र पालिकाको लापरवाहीले समस्या झन् गम्भीर बनेको छ।
स्थानीय तहले तत्काल यसबारे कदम नचाल्ने हो भने किसान मार मा पर्ने देखिन्छ।
प्रकाशित मिति: २०२४-१२-०७ , समय : १९:५७:२८ , ४ महिना अगाडि