रास्वपाका २० सांसदविरुद्धको अदालत अवहेलना मुद्दामा सुनुवाइ आज
मिति: २०२४-१२-१० , समय : १५:४९:३४ , Our Pradesh
मिति: २०२४-१२-१० , समय : १५:४९:३४ , Our Pradesh
Our Pradesh
रास्वपाका २० सांसदविरुद्धको अदालत अवहेलना मुद्दामा सुनुवाइ आज
रास्वपाका २० सांसदविरुद्ध दायर गरिएको अदालतको अवहेलना मुद्दामा आज सुनुवाइ हुँदैछ। सहकारी ठगी प्रकरणमा प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेको पक्षमा सडक आन्दोलन गर्ने नेताहरुविरुद्ध सर्वोच्चमा दर्ता भएको यो मुद्दा न्यायाधीशद्धय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासमा पेशी परेको हो।
अधिवक्ता अनुमप भट्टराईले संसद्मा रहेका रास्वपाका सांसदहरू र नेताहरूले अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिएको, आन्दोलन गरेको र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको आरोप लगाउँदै सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए।
सर्वोच्च अदालतको प्रशासनले दरपीठ गरेको यो मुद्दालाई न्यायाधीश विनोद शर्माको इजलासले दर्ता गर्न आदेश दिएको थियो। यसअघि, मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले प्रमाण पेश गर्न निवेदकको नाममा आदेश दिएको थियो।
अदालतको अवहेलनामा रास्वपाका उपसभापतिद्धय डीपी अर्याल र स्वर्णिम वाग्लेसहित सांसदहरू सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ, तोसिमा कार्की, सोविता गौतम, अशोक कुमार चौधरी, मनिष झा, असिम शाह, गणेश पराजुली, चन्दा कार्की, निशा डागी, बिन्दबासिनी कंसकार, बिनिता कठायत, लक्ष्मी तिवारी, शिव नेपाली, शिशिर खनाल, सन्तोष परियार र हरि ढकालविरुद्ध मुद्दा दायर भएको छ।
रवि लामिछाने कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेपछि रास्वपाका नेताहरूले निरन्तर सडक आन्दोलन गर्दै आएका थिए। आजको सुनुवाइले मुद्दाको आगामी प्रक्रियालाई थप स्पष्टता दिने अपेक्षा
गरिएको छ।
प्रकाशित मिति: २०२४-१२-१० , समय : १५:४९:३४ , ४ महिना अगाडि