मोरङको रंगेलीबाट ४७ लाख ४९ हजारसहित एक महिला पक्राउ
मिति: २०२४-१२-११ , समय : २०:३९:१९ , Our Pradesh
मिति: २०२४-१२-११ , समय : २०:३९:१९ , Our Pradesh
Our Pradesh
मोरङको रंगेलीबाट ४७ लाख ४९ हजारसहित एक महिला पक्राउ
मोरङ, रंगेली नगरपालिका-८ स्थितबाट स्रोत नखुलेको ठूलो रकमसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले मंगलबार ६५ वर्षीया ज्योति देवी अग्रवालको घरमा खानतलासी गर्दा टिनको बाकसमा नेपाली रूपैयाँ ४७ लाख ४९ हजार बरामद गरेको हो।
इन्स्पेक्टर सन्तोषकुमार खड्काको नेतृत्वमा गएको टोलीले दक्षिण–पश्चिमतर्फको चाबी लगाइएको कोठाबाट उक्त रकम फेला पारेको थियो। इन्स्पेक्टर खड्काका अनुसार घरको टिनको बाकसभित्र १ हजार र ५ सय दरका नोटहरू लुकाइएको अवस्थामा भेटिएका हुन्।
रकमसहित घरधनी अग्रवाललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जानकारी दिए
को छ।
प्रकाशित मिति: २०२४-१२-११ , समय : २०:३९:१९ , ४ महिना अगाडि