रंगेलीमा एकीकृत विपद् व्यवस्थापन केन्द्रको निर्माण कार्य सुरु
मिति: २०२४-१२-१५ , समय : २०:५२:५१ , पारस मण्डल
मिति: २०२४-१२-१५ , समय : २०:५२:५१ , पारस मण्डल
पारस मण्डल
रंगेली नगरपालिका–८ मा “Integrated Emergency Response Center (IERC)” अर्थात् एकीकृत विपद् व्यवस्थापन केन्द्रको निर्माण कार्य सुरु हुन लागेको छ। रंगेली, सुनबरशी, धनपालथान र कानीपोखरी पालिकाको संयुक्त समन्वयमा निर्माण हुन लागेको यो केन्द्रका लागि कुल ९ करोड ३३ लाख ८१ हजार ५५५ रुपैयाँ लागत अनुमान गरिएको छ। स्थानीय चारवटै पालिकाबाट २६–२६ लाखको आर्थिक सहयोग रहेको छ।
निर्माण कार्यका लागि Bright Bull Nirman Sewa ले ठेक्का सम्झौता गरिसकेको छ। यो निर्माण २०८१ जेष्ठ २८ गतेबाट सुरु भई १८ महिनाभित्र अर्थात् २०८२ असोज ३० गते सम्पन्न गरिनेछ।
आज सम्पन्न शिलान्यास कार्यक्रममा रंगेली, सुनबरशी, धनपालथान र कानीपोखरीका नगरप्रमुख, उप–प्रमुख तथा रंगेली नगरपालिकाका ९ वटै वडाका अध्यक्षहरूको उपस्थिति रहेको थियो।
रंगेली नगरपालिकाले उक्त भवनले विपद् व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने र आपतकालीन उद्धार तथा राहत कार्यलाई व्यवस्थित बनाउने विश्वास व्यक्त गरेको छ। यो केन्द्रले चारवटै पालिकाका बासिन्दालाई प्रत्यक्ष रूपमा लाभ पुर्याउनेछ।
नगर प्रमुखको नेतृत्वमा अघि बढाइएको यो परियोजना स्थानीयस्तरमा विपद् व्यवस्थापनको उत्कृष्ट नमुना बन्ने अपेक्षा
गरिएको छ।
प्रकाशित मिति: २०२४-१२-१५ , समय : २०:५२:५१ , ४ महिना अगाडि