कैलालीमा स्कुटर दुर्घटना हुदा चालकको मृत्यु

मिति: २०२३-०३-३० , समय : १२:२९:५८ , आवर प्रदेश

आवर प्रदेश

कैलाली, १६ चैत । गोदावरी नगरपालिका(१ मनहरास्थित सडकमा धनगढीबाट अत्तरियातर्फ जाँदै गरेको से।५ प ४६८४ नम्बरको स्कुटर आफै अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक कञ्चनपुर कृष्णपुर नगरपालिका-५ बस्ने ५० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पदमा अस्पताल अत्तरिया हुँदै सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०३-३० , समय : १२:२९:५८ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित