सुनवर्षीमा बिज्ञन प्रर्दशनी तथा शाैक्षिक मेला सम्पन्न

मिति: २०२३-०३-१३ , समय : १४:४८:१० , आवर प्रदेश

आवर प्रदेश

सुनवर्षी। माेरङकाे सुनवर्षी नगरपालिकामा नगर स्तरीय बिज्ञान प्रर्दशनी तथा शाैक्षिक मेला गरिएको छ । नगर भित्र रहेका सामुदायिक तथा निजि विद्यालयलाई एउटै स्थानमा राखेर एक दिने विज्ञान प्रर्दशनी तथा शाैक्षिक मेला लगाएकाे छ । सुनवर्षी नगरपालिका ४ स्थित काली माध्यमिक विद्यालयकाे प्राङ्गणमा उक्त कार्यक्रमकाे आयोजना गरेको थियोे ।

अन्तर विद्यालय प्रतियोगितात्मकमा निजि तथा सामुदायिक गरि १६ वटा विद्यालयहरुकाे सहभागीता रहेको थियो । प्रदर्शनीमा बिधार्थिहरुले तरकारी खेती , पार्क , मिसाईल बम, आलु , काक्रा बाट बिधुत उत्पादन ,हेलिकप्टर लगायत सामाग्रीहरु बनाएर प्रदर्शनमा राखेका थिए ।

कार्यक्रमकाे प्रमुख अतिथि श्याम राजवंशी ,उपमेयर मिरा देवी दास, प्रशासन अधिकृत रुद्रप्रसाद दुलाल, शिक्षा शाखा प्रमुख हरीप्रसाद कट्टेल, स्थानीय वीर वहादुर राई, विनोद कु· राजवंशी, छेदिया यादव,बिभिन्न विद्यालयका प्रिन्सिपल सनराईज बाेडिङका प्रिन्सिपल जितेन्द्र कुमार दास, लगायतको उपस्थिती रहेको थियो।

प्रदर्शनी सहभागीहरु मध्ये प्रथम , द्वतिय र तृतियहुनेहरुलाई सिल्ड ,मेडल, प्रमाणपत्र तथा नगद समेत बितरण गरेकाे शिक्षा शाख प्रमुख हरीप्रसाद कट्टेलले बताए । शिक्षा युवा खेलकुद शाखा आयाेजना तथा काली माध्यमिक विद्यालय ,सनराईज सेकेण्डरी बाेडिङ स्कुल बम काली केवरत समाजकाे सहकार्यमा उक्त कार्यक्रमकाे आयोजना गरिएको थियोे ।अबलोकन टकुवा,बटरवारी,कासिजान लगायत सर्वसाधारणहरुकाे सहभागीता समेत रहेको थियोे।

प्रकाशित मिति: २०२३-०३-१३ , समय : १४:४८:१० , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित