रवि लामिछानेको सांसद पद निलम्बित

मिति: २०२४-१२-२३ , समय : २०:५७:०१ , Our Pradesh

Our Pradesh

रवि लामिछानेको सांसद पद निलम्बित

 

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछानेको सांसद पद निलम्बित भएको छ। चितवन क्षेत्र नं २ बाट निर्वाचित लामिछानेको संसद पद निलम्बनमा परेको जानकारी संसद सचिवालयले सूचना जारी गर्दै सार्वजनिक गरेको हो।

 

सचिवालयद्वारा जारी सूचनामा उल्लेख भएअनुसार, कास्की जिल्ला अदालतमा आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पुरक अभियोगपत्र दर्ता गरिएको छ। यससँगै जिल्ला सरकारी वकील कार्यालयको पत्रसहित अपराध अनुसन्धान तथा कारबाही शाखा, कास्कीले सभामुखलाई सम्बोधन गरी पत्र पठाएको जानकारी गराइएको छ।

सम्पत्ति शुद्धीकरण ऐन, २०६४ को दफा २७ अनुसार, कुनै पदाधिकारी, कर्मचारी वा राष्ट्रसेवकलाई थुनामा राखिएको अवस्थामा सो अवधिभर स्वतः निलम्बनमा पर्ने कानुनी व्यवस्था लागू हुने सचिवालयको सूचनामा उल्लेख छ।

 

संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “थुनामा रहेका व्यक्तिमाथि मुद्दा दायर भएको अवस्थामा सो मुद्दाको किनारा नलागेसम्म ती व्यक्तिलाई स्वतः निलम्बनमा मानिन्छ। उक्त कानुनी प्रावधानका आधारमा रवि लामिछानेको सांसद पद निलम्बित गरिएको हो।”

 

उक्त घटनाले राष्ट्रिय राजनीतिको वातावरणलाई फेरि चर्चामा ल्या

एको छ।

 

प्रकाशित मिति: २०२४-१२-२३ , समय : २०:५७:०१ , ४ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित