आज ‘क्रिसमस डे’ मनाइँदै, शान्ति, प्रेम र मुक्तिको संदेश
मिति: २०२४-१२-२५ , समय : ०८:४५:१९ , Our Pradesh
मिति: २०२४-१२-२५ , समय : ०८:४५:१९ , Our Pradesh
Our Pradesh
आज ‘क्रिसमस डे’ मनाइँदै, शान्ति, प्रेम र मुक्तिको संदेश
मोरङ विराटनगर– विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरू आज क्रिसमस डे मनाइरहेका छन्। करिब २००० वर्षअघि इजरायलको वेथलेहेममा जन्मेका येशु ख्रीष्टको सम्झनामा यो पर्व मनाइन्छ। नेपाल ख्रिष्टियन महासंघका अध्यक्ष सिबी गहतराजका अनुसार येशु ख्रीष्टले मानवजातिलाई मुक्ति, प्रेम, र शान्तिको संदेश दिए, जसलाई यस पर्वले उजागर गर्छ।
नेपालमा विसं २०६३ यता क्रिसमस महोत्सवका रूपमा मनाउन थालिएको हो। केही वर्ष सार्वजनिक बिदा कटौती भए पनि हाल सबैलाई बिदा दिइन्छ। महासंघका अनुसार नेपालमा ३५ लाख क्रिश्चियन धर्मावलम्बी र १५ हजारभन्दा बढी चर्च छन्।
आज कोशी प्रदेशका विभिन्न चर्चहरूमा प्रार्थना गर्दै भव्यताको साथ क्रिसमस मनाउँदै छन्। साथै आज ललितपुरको नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा क्रिसमस महोत्सव २०८१ आयोजना हुँदैछ, जहाँ सरकारी र राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहनेछ।
पर्यटकीय क्षेत्रहरू ठमेल, बौद्ध, पोखरा, र सौराहामा विशेष साजसज्जा र क्रिसमस ट्रि सजाएर विदेशी पर्यटकलाई समेत आकर्षित गरिएको छ। यस अवसरले धार्मिक सद्भाव र शान्तिको सन्देश प्रवाह ग
रेको छ।
प्रकाशित मिति: २०२४-१२-२५ , समय : ०८:४५:१९ , ४ महिना अगाडि