रङ्गेली, वार्ड नं. ३ रञ्जनीमा ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु
मिति: २०२५-०१-०३ , समय : २१:४९:५० , Our Pradesh
मिति: २०२५-०१-०३ , समय : २१:४९:५० , Our Pradesh
Our Pradesh
रङ्गेली, वार्ड नं. ३ रञ्जनीमा ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु
रङ्गेली नगरपालिका वार्ड नं. ३, रञ्जनीमा आज पुष १९ गते करिब ३ बजे ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। घटनामा सहचालक सन्तोष पासवानले रोकिराखेको ट्याक्टरलाई चालकलाई जानकारी नै नदिई चलाउँदा दुर्घटना भएको हो।
स्थानीयहरूका अनुसार, सहचालक पासवानले चालकको अनुमति बिना ट्याक्टर लिएर जाने क्रममा नियन्त्रण गुमाई नालामा पल्टिएको थियो। ट्याक्टर पल्टिँदा गम्भीर घाइते भएका पासवानलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।
इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर सन्तोष खड्काका अनुसार, सहचालकले मापसे गरेको हुनसक्ने आशंका गरिएको छ। घटनाको वास्तविकता भने पोस्टमार्टम रिपोर्टपछि मात्र थाहा हुने बताइएको छ।
प्रहरीले ट्याक्टर नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ। स्थानीयले सहचालकलाई रोक्ने प्रयास गर्दा समेत उनले ट्याक्टर अघि बढाएका कारण दुर्घटना भएको बताएका छन्।
समाचार स्रोतः इलाका प्रहरी कार्यालय, रंगेली।
प्रकाशित मिति: २०२५-०१-०३ , समय : २१:४९:५० , ३ महिना अगाडि