रङ्गेली मकालु स्कुलकी चंचल मण्डलले जितिन् चित्रकला प्रतियोगिता

मिति: २०२५-०१-०४ , समय : १०:२४:१० , Our Pradesh

Our Pradesh

मकालु स्कुलकी चंचल मण्डलले जितिन् चित्रकला प्रतियोगिता

रंगेलीस्थित माउन्ट मकालु इङ्ग्लिस बोर्डिङ स्कुलकी कक्षा ८ की विद्यार्थी चंचल मण्डलले मुक्तिनाथ विकास बैंकद्वारा आयोजित प्रदेशस्तरीय चित्रकला प्रतियोगिता ‘२०८१’ को उपाधि जितेकी छिन्। कोशी प्रदेशका १६ विद्यालयहरूको सहभागिता रहेको यस प्रतियोगितामा मण्डल उत्कृष्ट घोषित भएकी हुन्।

 

‘क्लाइमेट चेन्ज तथा ग्लोबल वार्मिङ’ शीर्षकमा आधारित यस प्रतियोगितामा वाटर कलर, क्रेन, पेन्सिल, पेस्टल, एक्रेलिकलगायत जुनसुकै माध्यमबाट चित्र बनाउन पाउने नियम थियो। मण्डलले तयार पारेको चित्रले जलवायु परिवर्तन र विश्वव्यापी तापमान वृद्धिको भावलाई गहिरो रूपमा चित्रण गरेको भन्दै निर्णायक मण्डलले प्राथमिकता दिएको थियो।

 

प्रतियोगितामा प्रथम स्थान हासिल गरेपछि मण्डलले प्रमाणपत्रसहित १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छिन्। उक्त प्रतियोगिता मुक्तिनाथ विकास बैंकको रंगेली शाखामा सम्पन्न भएको

हो।

 

प्रकाशित मिति: २०२५-०१-०४ , समय : १०:२४:१० , ४ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित