ऋषिकेश पोखरेलमाथि राजनीतिक प्रतिशोधको आरोप: १० वर्ष पुरानो घटना पुनः विवादमा

मिति: २०२५-०१-०४ , समय : ११:०१:१० , Our Pradesh

Our Pradesh

ऋषिकेश पोखरेलमाथि राजनीतिक प्रतिशोधको आरोप: १० वर्ष पुरानो घटना पुनः विवादमा

 

लेखा समितिका सभापति तथा नेकपा एमालेका सांसद ऋषिकेश पोखरेल पछिल्ला दिनमा विवादको केन्द्रमा छन्। उनका स्वकीय सचिव अनिलकुमार पोखरेलले सप्तरीका एक व्यक्तिसँग एमबीबीएस भर्नाका लागि ३८ लाख ८० हजार रुपैयाँ लिएको भनी आरोप लगाइएको छ।

Oplus_131072

तर, हाल सार्वजनिक भएको भौचरमा सो रकमको मिति स्पष्ट रूपमा २०७१ साल फागुन १३ गतेकै रहेको देखिन्छ। त्यो समय ऋषिकेश पोखरेल र अनिल पोखरेलबीच कुनै परिचयसमेत नभएको ऋषिकेशले बताए। यो घटनालाई अहिले पुनः उठाएर पोखरेललाई विवादमा तान्नु राजनीतिक प्रतिशोध साध्ने प्रयास भएको आरोप उनीनिकटहरूले लगाएका छन्।

 

उक्त घटनामा अनिल पोखरेलविरुद्ध उच्च अदालत विराटनगरको आदेशपछि जाहेरी दर्ता गरेर अनुसन्धान अगाडि बढाइएको थियो। यसले ऋषिकेश पोखरेललाई स्वकीय सचिवलाई हटाउन बाध्य बनाएको थियो।

 

पोखरेलले १० वर्ष पुरानो घटनालाई आफूविरुद्धको राजनीतिक षड्यन्त्र भएको भन्दै कुनै पनि अनुसन्धानको सामना गर्न तयार रहेको बताएका छन्। राजनीतिक पूर्वाग्रहकै कारण यो मुद्दालाई पुनः चर्चा गराइएको स्पष्ट दे

खिन्छ।

 

प्रकाशित मिति: २०२५-०१-०४ , समय : ११:०१:१० , ४ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित