लागू औषध काण्डमा इशान्त फार्मेसीका सञ्चालक अजय मण्डल १९ दिनदेखि फरार, प्रहरी गम्भीरता पूर्वक नलिएको स्थानीयको आरोप

मिति: २०२५-०१-०४ , समय : २१:५६:०४ , Our Pradesh

Our Pradesh

लागू औषध काण्डमा इशान फार्मेसीका सञ्चालक अजय मण्डल प्रहरीको संरक्षणमा १९ दिनदेखि फरार

मोरङ, रङ्गेली:

रङ्गेली नगरपालिका-७, शुक्रबारेमा रहेको इशान फार्मेसीबाट प्रतिबन्धित लागू औषध बिक्री भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रङ्गेली र लागू औषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले मिति २०८१ पुस १ गते छापा मारेको थियो। छापाका क्रममा फार्मेसीका कर्मचारी सञ्जय कुमार मण्डललाई पक्राउ गरिएको छ। तर, फार्मेसीका एकल मालिक र प्रोप्राइटर अजय मण्डल अझै कानुनी दायराबाहिर रहेको भन्दै जनस्तरमा आक्रोश छाएको छ।

 

प्रहरीको उदासीनता र प्रश्नचिन्ह

औषधि पसलको मुख्य सञ्चालक अजय मण्डल कानुनी रूपमा जिम्मेवार भए पनि प्रहरी प्रशासनले उनलाई पक्राउ गर्न कुनै ठोस कदम चालेको देखिँदैन। मुख्य योजनाकारलाई जोगाउने यो प्रयासले रङ्गेलीका युवाहरूलाई लागू औषधको चक्रव्यूहमा फसाउन सहज बनाएको छ। यसले समाजमा लागू औषध दुव्र्यसनलाई प्रोत्साहन गर्ने भन्दै जनताले प्रहरी प्रशासनमाथि नै प्रश्न उठाएका छन्।

राजनीतिक र प्रशासनिक चलखेलको आरोप

घटनाको अनुसन्धानमा ठूला राजनीतिक दल र प्रहरी अधिकारीहरूको प्रभाव परेको आरोप उठेको छ। नेपाल औषधि व्यवसाय नियमन गर्ने डिपार्टमेन्ट अफ ड्रग एडमिनिस्ट्रेसन (डिडिए) समेत यो घटनामा मौन देखिनुले गम्भीर शंका उत्पन्न गरेको छ। स्थानीय तहमा कागजात हेरफेरदेखि मुद्दालाई कमजोर बनाउने प्रयास भइरहेको देखिएको छ।

 

१९ दिनदेखि मुख्य अभियुक्त फरार

घटना भएको १९ दिन बितिसक्दा पनि अजय मण्डललाई पक्राउ नगर्नु प्रहरी प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न हो। प्राप्त जानकारीअनुसार, प्रशासनले फार्मेसीको स्वामित्वबारे कागजातमा हेरफेर गरी मण्डललाई जोगाउन सहयोग गरिरहेको छ।

 

प्रशासनमाथि शंका र जनआक्रोश

प्रहरी प्रशासनले आर्थिक चलखेलमार्फत दोषीलाई जोगाउने प्रयास गरेको आरोपले कानुनी शासनप्रति जनविश्वास कमजोर बनाएको छ। स्थानीयवासीहरूले प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न गर्दै दोषीलाई तत्काल कानूनी दायरामा ल्याउन माग गरेका छन्।

 

निष्पक्ष छानबिनको माग

यो प्रकरणले लागू औषध नियन्त्रण, प्रशासनिक पारदर्शिता, र कानुनी शासनको आवश्यकतालाई फेरि एकपटक उजागर गरेको छ। स्थानीय बासिन्दा, नागरिक समाज, र युवासंघहरूले दोषीलाई कडा कारबाही गर्न माग गर्दै निष्पक्ष छानबिनको पहल गर्न राज्यलाई दबाब दिएका छन्।

यो प्रकरणमा निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी कठघरामा ल्याइएन भने समाजमा लागू औषध दुर्व्यसन थप चुलिन सक्ने खतरा छ। प्रशासनले तदारुकता देखाउँदै दोषीलाई जोगाउने कुनै पनि चलखेलको अन्त्य गर्नु अत्यावश्यक छ। यो घटनामा राजनीतिक र प्रशासनिक पक्षपातले राज्यको नीति र प्रहरी प्रणालीमाथि गम्भी

र प्रश्न उठाएको छ।

 

प्रकाशित मिति: २०२५-०१-०४ , समय : २१:५६:०४ , ४ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित