इटाभट्टा सञ्चालकको शव उखुबारीमा गाडेको अवस्थामा फेला

मिति: २०२५-०१-०५ , समय : ११:१४:३५ , Our Pradesh

Our Pradesh

इटाभट्टा सञ्चालकको शव उखुबारीमा गाडेको अवस्थामा फेला

इटाभट्टा सञ्चालक रामप्रसाद प्रसाईंको शव उखुबारीमा गाडेको अवस्थामा फेला परेको छ। १९ गते नहर छेउमा मोटरसाइकल र च्यातिएको फोटो भेटिएपछि सुरु भएको अनुसन्धानले आज उखुबारीमा शव फेला पारेको हो।

 

प्रादेशिक अस्पतालका चिकित्सक, जिल्लाका सुरक्षा अधिकारी, र सरकारी वकिलको उपस्थितिमा खाल्डो खनेर शव निकालिएको थियो। प्रारम्भिक मुचुल्कापछि शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको प्रहरीले जानकारी दिएको छ।

 

प्रहरीले घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरे पनि अनुसन्धानमा बाधा पुग्न नदिन तिनको पहिचान गोप्य राखेको छ। हत्या प्रकरणपछि गाउँमा त्रासको वातावरण सिर्जना भए

को छ।

 

प्रकाशित मिति: २०२५-०१-०५ , समय : ११:१४:३५ , ३ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित