सहारा नेपाल साकोश रङ्गेली शाखाको २८औं वार्षिक साधारण सभा
विर्तामोड–२ चारपाने झापामा प्रधान कार्यालय रहेको यस सहकारी संस्थाले आकर्षक र प्रभावकारी योजनाहरु लिएर सदस्यहरुको मन जित्दै आएको छ।
मिति: २०२५-०१-०५ , समय : १६:४०:५२ , राम कुमार शर्मा
मिति: २०२५-०१-०५ , समय : १६:४०:५२ , राम कुमार शर्मा
राम कुमार शर्मा
रङ्गेली ( विराटनगर) – नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८औं वार्षिक साधारण सभा विभिन्न सेवा केन्द्रहरुमा एकाईगत स्पमा भईरहेको छ । सोहि अनुरुप सहारा नेपाल साकोस सेवा केन्द्र रङ्गेली मोरङ्गको आयोजनामा पौष २१ गते रङ्गेली ७ को स्थानिय तिरुपतिबलाजी मन्दिरको सभाहलमा एकाईगत २८औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
रङ्गेली सेवा केन्द्रका साकोष उप – समेती संयोजक टंक प्रसाद पाठक को अध्यक्षता तथा प्रमुख आतिथ्यता रङ्गेली नगर उप – प्रमुख भुमा पराजुली भएको कार्यक्रममा संस्थाको बार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितीको प्रतिवेदन प्रस्क्त गरिएको थियो ।
कार्यत्रममा विशिष्ठ अतिथी रङ्गेली नगरपालिका ८ की वाडा सदस्य तथा कार्यवाहक सोविता राजवंशी, उप- समिती सदस्य घनस्याम पनेरु , राम प्रसाद सेढाई लेखा समिति संयोजक उपेन्द्र प्रसाद ओली, समाजसेवी लगायतको करिव २०० को उपस्थिती रहेका थियो ।
मेरो गौरव मेरो सहारा, सवैकालागि सधैंकालागि भन्ने नारा लिएर २०५२ सालमा स्थापना भएको यस संस्थाको हाल कोशि प्रदेसका ६ वटा जिल्लामा शाखा विस्तार गरि सेवा पुर्याउदै आएको छ । झापा, मोरङ्ग, सुन्सरी, इलाम, पाँचथर, उदयपुर गरि जम्मा ८१ वटा केन्द्रहरुबाट १ लाख ७३ हजार २ सय ६५ जना सदस्यहरुलाई उल्लेखनिय सेवा पुर्याउदै आएको यो संस्था नेपालकै ठूलो तथा उत्कृष्ट सहकारीमा गनिन्छ ।
हालको कुलपूजी १६ अर्व, ८३ करोड ३३ लाख ३६ हजार ४ सय १० रुपैयाँ भएको यस संस्थाको शेयर पूँजी १ अर्व, ६७ करोड ८६ लाख १२ हजार ७ सय र निक्षेप १२ अर्व ७५ करोड ३७ लाख ६३ हजार २ सय ८ रुपैयाँ तथा जगेडाकोष १ अर्व २६ करोड भन्दा माथि रहेको सस्थाका अध्यक्ष हरिबहादुर राजवंशीको बार्षिक प्रगति प्रतिवेदन छ ।
विर्तामोड–२ चारपाने झापामा प्रधान कार्यालय रहेको यस सहकारी संस्थाले आकर्षक र प्रभावकारी योजनाहरु लिएर सदस्यहरुको मन जित्दै आएको छ।
प्रकाशित मिति: २०२५-०१-०५ , समय : १६:४०:५२ , ३ महिना अगाडि