मोरङ धनपालथान : गाँजासहित एक व्यक्ति पक्राउ
मिति: २०२५-०१-१२ , समय : १०:४७:०५ , पारस मण्डल
मिति: २०२५-०१-१२ , समय : १०:४७:०५ , पारस मण्डल
पारस मण्डल
मोरङ धनपालथान : गाँजासहित एक व्यक्ति पक्राउ
रंगेली, मोरङ – विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय (इप्रका) रंगेलीले मिति २०८१।०९।२७ गते राति करिब २२:०० बजे प्रतिबन्धित लागुऔषध गाँजासहित एक व्यक्तिलाई पक्राउ गरेको छ।
प्राप्त जानकारीअनुसार, मोरङ धनपालथान गाउँपालिका वडा नं. ३ डकुवाडाँडास्थित ४० वर्षीय चन्द्रदेव मण्डलको घरमा गाँजा लुकाएर राखिएको भन्ने सूचनाका आधारमा ईप्रका रंगेलीबाट प्रहरी निरीक्षक सन्तोष कुमार खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले घर खानतलासी गरेको थियो।
खानतलासीको क्रममा मण्डलको घरमा लुकाइराखिएको अवस्थामा प्रतिबन्धित गाँजा २५ केजी बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गाँजासहित मण्डललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय रंगेली ल्याइएको छ।
प्रहरीका अनुसार घटनामा थप अनुसन्धान जारी छ। रंगेली क्षेत्रका नागरिकलाई यस्ता अवैध गतिविधिबाट टाढा रहन र कुनै पनि संदिग्ध गतिविधिबारे प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ।
प्रकाशित मिति: २०२५-०१-१२ , समय : १०:४७:०५ , ३ महिना अगाडि