महर्षि मेही कृषि सहकारी संस्थाको १२औं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न

मिति: २०२५-०१-१२ , समय : १९:०५:४६ , Our Pradesh

Our Pradesh

महर्षि मेही कृषि सहकारी संस्थाको १२औं वार्षिक साधारण सभा भव्य रूपमा सम्पनं

रङ्गेली, मोरङ्ग – २०८१ पौष २७ गते, शनिवार

“आजको आवश्यकता सहकारीमा आवद्धता” भन्ने मूल भावका साथ महर्षि मेही कृषि सहकारी संस्थाको ऐतिहासिक १२औं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। सहकारीले आफ्नै खाद्यान्न अनाज भवनको प्राङ्गणमा कार्यक्रम आयोजना गरेको हो।

सभामा आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन प्रस्तुत गरियो। अध्यक्ष अशेश्वर प्रसाद साहका अनुसार, संस्थाले कुल ३ करोड ९९ लाख ९१ हजार ६ सय १८ रुपैयाँ लगानी गरेको छ। संस्थाले १ करोड १० लाख ४६ हजार ७ सय ७९ रुपैयाँ आम्दानी गरी १ करोड ७ लाख १६ हजार ५ सय ४३ रुपैयाँ खर्च गरेको छ। यस वर्ष ३ लाख ३० हजार २ सय ३६ रुपैयाँ शुद्ध मुनाफा आर्जन भएको छ।

आगामी वर्ष १ करोड ६७ लाख ११ हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको छ।

सहकारीले कृषकहरूलाई कृषि लागत र प्राविधिक सहयोग उपलब्ध गराउँदै खाद्यान्न खरिद बिक्री र भण्डारणको व्यवस्थापन गर्दै आएको छ।

 

सामाजिक उत्तरदायित्व र सम्मान कार्यक्रम:

सहकारीले ५ जना ज्येष्ठ नागरिक सदस्य, ५ जना उत्कृष्ट बचतकर्ता, ५ जना उत्कृष्ट ऋणी, २ जना बाल बचतकर्ता, र ६ जना कर्मचारीलाई दोसल्ला ओढाएर सम्मान गर्‍यो।

त्यसैगरी, १ जना युवा कृषि उद्यमी र १ महिला समूहलाई पनि सम्मान गरिएको छ।

पत्रकारिताको माध्यमबाट सहकारी र सामाजिक क्षेत्रमा योगदान पुर्‍याएबापत ‘आवर प्रदेश अनलाइन टिभी’का सञ्चालक पारस मण्डललाई सम्मान गरियो।

कार्यक्रमका प्रमुख अतिथि र सहभागीहरू:

कार्यक्रमको उद्घाटन राष्ट्रिय सहकारी बैंक लिमिटेड, विराटनगर मोरङका प्रमुख चिरञ्जीवी तिम्सिनाले पानसमा दीप प्रज्वलन र महर्षि मेहीको तस्वीरमा माल्यार्पण गर्दै गर्नुभयो।

अतिथिहरूमा इलाका प्रहरी प्रमुख सन्तोष खड्का, रङ्गेली वडा नं. ७ का वडाध्यक्ष राम चन्द्र मण्डल, जगरनाथ मण्डल, गौराङ देव दास, राधे श्याम साहलगायत प्रतिनिधिहरूको उपस्थिति थियो।

 

कार्यक्रमको सञ्चालन उपाध्यक्ष मिथिलेश अधिकारीले गर्नुभएको थियो भने संयोजन कन्हैया लाल साहले गर्नुभएको थियो।

अध्यक्ष अशेश्वर प्रसाद साहको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो।

प्रकाशित मिति: २०२५-०१-१२ , समय : १९:०५:४६ , ३ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित