फोनिज मोरङको अध्यक्षमा श्रेष्ठ 

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ मोरङको सनिवार सम्पन्न छैटौं अधिबेशन बाट नयाँ कार्यसमितिको टुङ्गो लागेको छ ।

मिति: २०२५-०१-१२ , समय : २१:४६:५७ , विवेक खतिवडा

विवेक खतिवडा

पथरी|नेपाल आदिबासी जनजाति पत्रकार महासंघ मोरङको सनिवार सम्पन्न छैटौं अधिबेशन बाट नयाँ कार्यसमितिको टुङ्गो लागेको छ ।

मोरङको पथरी सनिश्चरे २ स्थित हरियाली सामुदायिक बनको सभाहलमा निर्वतमान अध्यक्ष दिनेश सुब्बाको अध्यक्षतामा भएको अधिबेशन बाट नंया कार्यकालका लागि अध्यक्षमा अनिल श्रेष्ठ सर्बसम्मत चयन भएका छन भने निर्वतमान अध्यक्ष सुब्बा सनिवार बाटै पदमुक्त भएका छ्न ।

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ मोरङको दुई कार्यकाल अध्यक्ष भैसकेका सुब्बाको दुबै कार्यकालमा सचिब रहेका श्रेष्ठ नयाँ कार्यकालका लागी अध्यक्षमा चयन भएका हुन ।

नया समितिको उपाध्यक्षमा बिजय खम्बु, सचिबमा बिद्यानन्द चौधरी, सहसचिवमा संगिता राई र राजेश राजवंशी, कोषाध्यक्षमा सुरञ्जन लिम्बू , सदस्यहरुमा उषा सरदार, देवराज तामाङ, तृष्णा कुलुङ राई र सञ्जय राजवंशी चयन भएका छन भने लेखा समितीको संयोजकमा रामकुमारी राई, सदस्यमा राजकुमारी तामाङ र युवराज लिम्बु रहेका छन ।

छौटौं जिल्ला अधिवेशनमा फोनिज संघीय सदस्य सुजता लिम्बू लाई महासंघ मोरङले सम्मान गरेको छ ।

पथरी शनिश्चरे नगरपालिका का नगरप्रमुख मोहन प्रसाद तुम्बापो को प्रमुख अतित्थतामा भएको कार्यक्रममा विशिष्ट अतिथिमा फोनिज संघीय अनुसाशन आयोगका संयोजक अर्जुन जम्नेली राई, फोनिज प्रदेश इन्चार्ज भक्तशेर लिम्बू रहेका थिए ।

त्यस्तै अतिथिमा प्रेस चौतारी मोरङ अध्यक्ष तथा नेपाल पत्रकार महासंघ कोशी प्रदेश कोषाध्यक्ष सुदिप कोइराला, प्रेस युनिय नेपाल मोरङ अध्यक्ष वेदराज पौडेल, समाजवादी प्रेस संगठन मोरङका अध्यक्ष ध्रुर्व भट्टराई, प्रेस मञ्च नेपाल मोरङका अध्यक्ष मुकेश यादव, सञ्चार क्लब नेपालका अध्यक्ष कुमार खड्का , नेपाल पत्रकार महासंघ मोरङका निर्वतमान कार्यवाहक अध्यक्ष मोहन भट्टराई रहेका थिए ।

प्रकाशित मिति: २०२५-०१-१२ , समय : २१:४६:५७ , ३ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित