रोडशेष डेन्टल परिवारको वनभोज सम्पन्न

चार वर्षभन्दा कम समयमै कैयौं अनुहारको सुन्दर मुस्कान को रहस्य बन्दै गएको रोडशेष डेन्टल परिवारले शनिबार भव्य र सभ्य वनभोज कार्यक्रम सम्पन्न गरेको छ।

मिति: २०२५-०१-१३ , समय : २०:३५:३७ , राम कुमार शर्मा

राम कुमार शर्मा

विराटनगर – चार वर्षभन्दा कम समयमै कैयौं अनुहारको सुन्दर मुस्कान को रहस्य बन्दै गएको रोडशेष डेन्टल परिवारले शनिबार भव्य र सभ्य वनभोज कार्यक्रम सम्पन्न गरेको छ।

विराटनगरस्थित रोडशेष डेन्टल जोन एण्ड ओरल केयर क्लिनिकको आयोजनामा मोरङको बेलवारी ५ स्थित ऐतिहासिक धनपालथान गढीमा आयोजित कार्यक्रममा शुभचिन्तक, सल्लाहकार, इष्टमित्र, कर्मचारी र सेवाग्राहीहरूको उत्साहपूर्ण सहभागिता देखिएको थियो।

वनभोज कार्यक्रममा सहभागीहरू बालबालिकादेखि वयस्कसम्म सबैले सामूहिक नृत्य, अन्ताक्षरी, नेतृत्व विकास खेलजस्ता मनोरञ्जनात्मक गतिविधिमा सहभागी भई खुलेर रमाइलो गरेका थिए।

रोडाशेष डेन्टल जोनका सञ्चालक डा. शेखरकुमार मण्डलका अनुसार “चार वर्ष भन्दा पनि कम समयको यात्रामा हाम्रो टोलीले सेवाग्राहीहरूको माया र विश्वास जित्न सफल भएको छ। यो सफलता हाम्रा शुभचिन्तक, सल्लाहकार, इष्टमित्र, कर्मचारी र सेवाग्राहीहरूको संयुक्त साथ र सहयोगबिना सम्भव थिएन। यिनैको योगदानले हामीलाई अघि बढ्न प्रेरित गरेको छ।”

कार्तिक २०७८ बाट सञ्चालनमा आएको रोडशेष डेन्टल जोन ले हालसम्म दाँत परीक्षण तथा परामर्श, दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, आरसिटी सेवा, नमिलेको दाँत मिलाउने, इम्प्लान्ट सेवा, फिक्स दाँत राखिने तथा दाँतसँग सम्बन्धित सम्पूर्ण सेवाहरू एकै छाना मुनि नेपाल सरकार द्वारा मान्यता प्राप्त दक्ष तथा अनुभवी चिकित्सकद्वारा गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित मिति: २०२५-०१-१३ , समय : २०:३५:३७ , ३ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित