हप्तामा २ दिन खुला भेटघाट गर्न कांग्रेसका मन्त्रीहरूलाई निर्देशन

मिति: २०२५-०१-१६ , समय : १७:०७:०८ , Our Pradesh

Our Pradesh

हप्तामा २ दिन खुला भेटघाट गर्न कांग्रेसका मन्त्रीहरूलाई निर्देशन

काठमाडौं। नेपाली कांग्रेसले पार्टीका मन्त्रीहरूलाई हप्तामा दुई दिन कार्यकर्तासँग खुला भेटघाट गर्न निर्देशन दिएको छ।

 

बिहीबार सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा संसदीय दलको कार्यसमितिसँग पार्टीका मन्त्रीहरूको छलफलपछि यो निर्देशन दिइएको हो।

 

बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिँदै भने, “मन्त्रीहरूले हप्तामा दुई दिन आलोपालो गरेर पार्टी अफिसमा कार्यकर्तासँग भेटघाट गर्ने, नागरिकका गुनासो सुन्ने, सुझाव लिने र बाँकी पाँच दिन मन्त्रालयको काममा केन्द्रीत हुनेछन्।”

 

कांग्रेसका १० मन्त्री र २ राज्यमन्त्रीसहित १२ जना सरकारमा सहभागी छन्। छलफलका क्रममा सरकारलाई सफल बनाउन सक्रिय भूमिका खेल्ने र नियमित छलफल गरिरहने निर्णय पनि गरि

एको छ।

 

प्रकाशित मिति: २०२५-०१-१६ , समय : १७:०७:०८ , ३ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित