चिया खाएको पैसा तिर्ने विषयमा विवाद हुँदा आफ्नै साथीको हत्या ।
मिति: २०२५-०१-२२ , समय : १२:०६:४२ , Our Pradesh
मिति: २०२५-०१-२२ , समय : १२:०६:४२ , Our Pradesh
Our Pradesh
धरान उपमहानगरपालिका–१५ मा चिया खाएको पैसा तिर्ने विषयमा विवाद हुँदा आफ्नै साथीहरूले खुकुरी प्रहार गरी २१ वर्षीय रिजन राईको हत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाका अनुसार, रिजनको टाउको, बायाँ कुम, हातको हत्केला र कुहिनामा चोट लागेको अवस्थामा उद्धार गरी उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याइएको थियो। तर, गम्भीर घाइते रिजनको उपचारकै क्रममा मृत्यु भएको हो।
घटनामा संलग्न धरान–१३ का १८ वर्षीय उत्सव मगर, २१ वर्षीय विश्रान्ती मगर, धरान–८ का २२ वर्षीय रोमन गुरुङ, १७ वर्षीय प्रस्थान राई, र धरान–५ का २१ वर्षीय सुदिप तामाङलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत सुनसरीबाट पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय धरानमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक दिवस कुवरले जानकारी दिएका छन्।
हामीले यो समाचार नेपाल लाईभ ( nepallive.com ) बाट लिएका छौं।
प्रकाशित मिति: २०२५-०१-२२ , समय : १२:०६:४२ , ३ महिना अगाडि