रंगेलीको कृषि फार्ममा स्काभेटरमा आगलागी, कारण शंकास्पद

मिति: २०२५-०१-२२ , समय : १२:४४:३५ , Our Pradesh

Our Pradesh

रंगेलीको कृषि फार्ममा स्काभेटरमा आगलागी, कारण शंकास्पद

मोरङको रंगेली नगरपालिका–२ जलिया टोलस्थित इस्टर्न स्टार कृषि फार्मभित्र खुला चउरमा राखिएको स्काभेटरमा बुधबार बिहान आगलागी भएको छ।

विहान ५ः४० बजेतिर फार्मभित्रको खुला चउरमा बिग्रिएको अवस्थामा राखिएको बा ३ क ३५९६ नम्बरको स्काभेटरमा आगलागी भएको हो।

स्थानीयको सहयोगमा प्रहरीद्वारा बिहान ७ बजेतिर आगो नियन्त्रणमा लिइएको भए पनि आगलागीको कारण हालसम्म खुल्न सकेको छैन।

 

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार स्काभेटर धनी यशोदा राईले घटनाबारे जानकारी जिल्ला प्रहरी कार्यालय मोरङलाई गराएकी थिइन्।

 

प्रहरीका अनुसार स्काभेटर ४ दिनअघि काम गर्ने क्रममा बिग्रिएपछि कृषि फार्मभित्र खुला ठाउँमा राखिएको थियो। आगलागीको प्रकृति शंकास्पद देखिएको र आगो कसरी लाग्यो भन्ने विषयमा थप अनुसन्धान भइरहेको ज

नाइएको छ।

 

प्रकाशित मिति: २०२५-०१-२२ , समय : १२:४४:३५ , ३ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित