नविनकुमार कर्ण प्रेस सेन्टर नेपाल मोरङको अध्यक्षमा चयन
मिति: २०२५-०१-२४ , समय : १३:१३:३१ , पारस मण्डल
मिति: २०२५-०१-२४ , समय : १३:१३:३१ , पारस मण्डल
पारस मण्डल
रङ्गेली । प्रेस सेन्टर नेपाल मोरङको पाँचौं जिल्ला सम्मेलनले नविनकुमार कर्णलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ। बिहीबार सम्पन्न सम्मेलनले उपाध्यक्षमा श्रीमन्त भट्टराई र सन्दिप राई, सचिवमा अनिल श्रेष्ठ, सहसचिवमा हुसेन शेख, राकेश कर्ण, राजेश राजवंशी, र कोषाध्यक्षमा प्रेम देवानलाई चयन गरेको छ।
त्यसैगरी, सदस्यहरुमा नम्रता न्यौपाने, एलिसा रायमाझी, मोहन ढकाल, माधव काफ्ले, सुरन्जन लिम्बू, जय कामत, अर्जुन लिम्बू र मर्जिना खातुन रहेका छन्। प्रदेश पार्षदमा हरि अधिकारी, देवराज तामाङ, पवनकुमार साह, मौसम लिम्बूलगायत चयन भएका छन्।
लक्ष्मी फुयाल स्मृति पुरस्कारबाट पत्रकार मुडियारी सम्मानित
सम्मेलनको अवसरमा पत्रकार बाबुराम मुडियारीलाई सहिद लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। रेडियो नेपालमा कार्यरत मुडियारीलाई १० हजार रुपैयाँ राशीसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो। कार्यक्रममा माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्क नेम्वाङ, सचिव गणेश उप्रेती, मोरङ इन्चार्ज कुलबहादुर साम्बा, र प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष विवेक गौतम प्रमुख अतिथि रहेका थिए।
संस्थापक अध्यक्षसहित पूर्व अध्यक्ष सम्मानित
यसै क्रममा प्रेस सेन्टर नेपाल मोरङका संस्थापक अध्यक्ष राजेन्द्र पौडेलसहित पाँच जना पूर्वअध्यक्षहरुलाई पनि सम्मान गरिएको छ। सम्मानित हुने अन्य पूर्वअध्यक्षहरुमा अमृत कुमार महतो, विनोद घिमिरे, गणेश लम्साल, र गोकुल पराजुली रहेका छन्। संगठन निर्माण, विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्याएको भन्दै उनीहरुलाई सम्मान ग
रिएको हो।
प्रकाशित मिति: २०२५-०१-२४ , समय : १३:१३:३१ , ३ महिना अगाडि