कानेपोखरीमा स्कुटर र पेट्रोल ट्यांकर ठोक्किँदा तीन जना घाइते, एक गम्भीर

मिति: २०२५-०१-३० , समय : १५:२७:३१ , Our Pradesh

Our Pradesh

मोरङको कानेपोखरी गाउँपालिका-२ केरौनमा बुधबार साँझ पेट्रोल ट्यांकर र स्कुटर एकापसमा ठोक्किँदा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

कानेपोखरी–रंगेली सडकखण्डमा कानेपोखरीबाट केरौनतर्फ जाँदै गरेको को ३६ प २८८७ नम्बरको स्कुटर विपरीत दिशाबाट आउँदै गरेको को १ ख २३३८ नम्बरको पेट्रोल ट्यांकरसँग ठोक्किएको थियो।

दुर्घटनामा परेर स्कुटर चालक १९ वर्षीय सन्देश राई सामान्य घाइते भएका छन् भने १८ वर्षीय बिजल चौधरी को पनि दुवै खुट्टामा चोट लागेको छ। १९ वर्षीय युनिक भुजेल भने गम्भीर घाइते भएका छन्। टाउको र खुट्टामा चोट लागेका भुजेललाई विराटनगरको विराट नर्सिङ होममा उपचारका लागि लगिएको छ।

घटनापछि ट्यांकरका चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। यस्तै, स्कुटर चालकले सवारी चालक अनुमति पत्र नलिएको पनि खुलेको छ। हाल दुबै सवारी साधन प्रहरी चौकी रमाइलो को नियन्त्रणमा रहेको छ।

प्रकाशित मिति: २०२५-०१-३० , समय : १५:२७:३१ , ३ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित