विराटनगरमा गाडिएको अवस्थामा एक किशोरीको शव भेटियो, परिवार नै आशंकाको घेरामा

मोरङ प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले घटनाबारे अनुसन्धान शुरू गरिएको जानकारी दिए। प्रारम्भिक अनुसन्धानका क्रममा प्रेम सम्बन्धमा रहेको विषयमा परिवारबाटै हत्या भएको आशंका छ। प्रहरीले मृतक बालिकाका मामालो पट्टिको परिवारलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ।

मिति: २०२५-०१-३१ , समय : २२:२४:४९ , Our Pradesh

Our Pradesh

मोरङको विराटनगर -५ स्थित खेतमा गाडिएको अवस्थामा १४ वर्षीय किशोरीको शव भेटिएको छ। मृतक बालिका भारत बिहारको छप्रा जिल्ला निवासी चान्दनी यादव रहेको छ ।

डीएसपी जोशीका अनुसार चाँदनी एक महिना अघि आफ्नै आमा राजकुमारी र बुबा लालमोहन यादवसँगै मावलाघर विराटनगर आएकी थिइन् ।
चाँदनीलाई हजुरबुबाको साथमै छाडेर उनका आमा राजकुमारी र बुबालालमोहन भारत फर्केका थिए । ५/६ दिन यता चाँदनी गाउँमा नदेखेपछि स्थानीयले सोधखोज गरेका थिए । तर, सर्जुकले नातिनी आफ्नो घर भारत फर्किसकेको जवाफ दिएका थिए ।

यो विषयमा शंका लागेपछि स्थानीयले शुक्रबार प्रहरीलाई खबर गरेका थिए । सोही आधारमा प्रहरीले बालिका चाँदनीको खोजतलास गरेका थिए ।

खोजी गर्ने क्रममा सर्जुकको घरभन्दा करिब ३८ मिटर दक्षिणमा रहेको खेतमा चाँदनीको शव गाडिएको अवस्थामा फेला परेको डीएसपी जोशीले बताए ।

मोरङ प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले घटनाबारे अनुसन्धान शुरू गरिएको जानकारी दिए। प्रारम्भिक अनुसन्धानका क्रममा प्रेम सम्बन्धमा रहेको विषयमा परिवारबाटै हत्या भएको आशंका छ। प्रहरीले मृतक बालिकाका मामालो पट्टिको परिवारलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ।

५५ वर्षीय हजुरबुबा सर्जुक मण्डलसहित ६० वर्षीया बतासी मण्डल, ४५ वर्षीया जानकी मण्डल, ४० वर्षीया उर्मिला मण्डल, ३५ वर्षीय  रामबाबु मण्डल, र १७ वर्षीया अञ्जली मण्डललाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो।

प्रकाशित मिति: २०२५-०१-३१ , समय : २२:२४:४९ , ३ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित