सेकेण्ड जेनेरेशन चोइ मेमोरियल गेम २०२५’ खेलमा मोरङ्ले ल्यायो ११ मेडल
मिति: २०२५-०२-०२ , समय : ०७:३३:३५ , विवेक खतिवडा
मिति: २०२५-०२-०२ , समय : ०७:३३:३५ , विवेक खतिवडा
विवेक खतिवडा
मोरङ सिएच आइटिएफ तेक्वान्दो संघका खेलाडीले नबलपरासीको वर्दघाटमा भएको ‘सेकेण्ड जेनेरेशन चोइ मेमोरियल गेम २०२५’ खेलमा ११ मेडल हासिल गरेका छन् ।
कोशी सिएच आइटीएफ तेक्वान्दो संघका अध्यक्ष युबराज भुजेलका अनुसार बुधबार र बिहिबार भएको खेलमा मोरङबाट ७ जना खेलाडी सहभागी थिए । स्पाइरिङ खेलमा ७ मेडल र प्याटन खेलमा ४ मेडल गरि सहभागी भएका सबै खेलाडीले ११ मेडल हात पारेका हुन् ।
स्पाइरिङ खेलमा पुर्णिमा अधिकारी, नंदिका धिमाल, रोयल राई र सुर्य चौधरीले ४ स्वर्ण पदक (प्रथम) त्यस्तै दिनेश बिश्वकर्मा, रेशम सेर्मा र साइमन धिमालले ३ कास्य पदक (तेस्रो) हासिल गरेका हुन ।त्यस्तै प्याटन तर्फ नन्दिका धिमालले रजत पदक (दोस्रो), पुर्णिमा अधिकारी, रोयल राई र सुर्य चोधरीले काश्य पदक(तेस्रो) मेडल हात पारेका हुन ।
शुक्रबार कानेपोखरी-६ मा रहेको गाउँपालिकाको कार्यलयमा अौपचारिक कार्यक्रमको आयोजना गर्दै खेलाडीहरुलाई प्रमाणपत्र पत्र बितरण गरेको मोरङका अध्यक्ष बिध्यानन्द चोधरीले बताए ।
मोरङ अध्यक्ष चोधरीका अनुसार कोशी प्रदेश अध्यक्ष भुजेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथीमा कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, विशिष्ट अतिथीमा उपाध्यक्ष भोला प्रसाद अधिकारी र अतिथीमा वडा नम्बर ५ का वडा अध्यक्ष चरण गुरुङ रहेका थिए ।
मोरङ सिएच आइटिएफको कानेपोखरीमा दलेली डोजाङ, रमाइलो डोजाङ, आइतबारे डोजाङ, रङेलीमा दर्बेसा डोजाङ र उर्लाबारीमा मंगलबारे डोजाङ सन्चालनमा रहेको मोरङ सचीव दुर्गेश खतिवडाले बताए ।
प्रकाशित मिति: २०२५-०२-०२ , समय : ०७:३३:३५ , ३ महिना अगाडि