रङ्गेलीमा साना बालबालिकालाई न्यानो कपडा वितरण, पिछडिएको बस्तीमा सहयोगको पहल
मिति: २०२५-०२-०२ , समय : २२:४२:५६ , Our Pradesh
मिति: २०२५-०२-०२ , समय : २२:४२:५६ , Our Pradesh
Our Pradesh
रङ्गेलीमा साना बालबालिकालाई न्यानो कपडा वितरण, पिछडिएको बस्तीमा सहयोगको पहल
रङ्गेली नगरपालिका वार्ड नं. ५ र ६ का दुईदेखि १० वर्षसम्मका साना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ। सोही क्रममा आज रङ्गेली वार्ड नं. ५ को बगैँचा टोलस्थित ऋषिदेव बस्तीका ५० जना बालबालिकालाई न्यानो कपडा प्रदान गरिएको हो।
यस कार्यमा रङ्गेली वार्ड नं. ७ निवासी अजय मण्डलले ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका थिए भने लुजर्स गार्मेन्टका सञ्चालक चिरञ्जीवी मण्डलले कपडा उत्पादनमा सहयोग गरेका थिए।
नव किसान युवा क्लबका अध्यक्ष पारस मण्डलले उक्त बस्ती अत्यन्तै पिछडिएको, आवागमनका लागि उचित बाटोसमेत नभएको तथा बाढीको समयमा घरहरूमा पानी पस्ने, एम्बुलेन्स वा दमकलसमेत पुग्न नसक्ने समस्या रहेको बताए।
आवर प्रदेशको अगुवाइमा स्थानीयहरूको उपस्थितिमा न्यानो कपडासँगै कपी र पेनसमेत वितरण गरिएको छ। आयोजकहरूले यस्तो सहयोग अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। साथै, थप ५० पिस न्यानो कपडा रङ्गेली वार्ड नं. ३ र वार्ड नं. ७ का केही पिछडिएका बस्तीहरूमा वितरण गर्ने योजना अघि बढा
इएको छ।
प्रकाशित मिति: २०२५-०२-०२ , समय : २२:४२:५६ , ३ महिना अगाडि