१४ सय घरभाडा नतिरेको भन्दै डेरावालको हत्या, घरबेटी पक्राउ

मिति: २०२५-०२-०७ , समय : ११:२१:४८ , Our Pradesh

Our Pradesh

घरभाडा नतिरेको भन्दै डेरावालको हत्या, घरबेटी पक्राउ

 

पाल्पाको तानसेन नगरपालिका-१४ साँचामा डेराभाडा नतिरेको भन्दै ५२ वर्षीय रूद्रबहादुर बुढाथोकीको हत्या भएको छ। हत्यामा संलग्न रहेको आरोपमा घरबेटी माधव विष्टलाई प्रहरीले पक्राउ गरेको छ।

 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुनिल मल्लका अनुसार बुढाथोकीको शव बुधबार बिहान कोठामै फेला परेको थियो। अनुसन्धानका क्रममा विष्टले १४ सय रुपैयाँ भाडा नदिएको कारण हत्या गरेको स्वीकारेका छन्।

 

रूद्रबहादुर, जो मजदुरी गर्थे, विगत ६ महिनादेखि विष्टकै घरमा बस्दै आएका थिए। प्रहरीले जानकारी दिएअनुसार विष्टले मदिरा सेवन गरेपछि भाडा मागेका थिए। बुढाथोकीले पैसा नभएको बताएपछि हँसिया प्रहार गरी हत्या गरेको खुलेको छ।

 

प्रहरीले कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत पाल्पाबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढा

एको छ।

 

प्रकाशित मिति: २०२५-०२-०७ , समय : ११:२१:४८ , २ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित