रङ्गेलीमा मापसे गरेर पुलबाट हामफाल्दा गम्भीर घाइते

मिति: २०२५-०२-१० , समय : ०८:०६:४६ , Our Pradesh

Our Pradesh

रङ्गेली, – मोरङ्गको रङ्गेली नगरपालिका-७ निचमारीस्थित वक्रा खोलाको पुलबाट आइतवार दिउँसो करिब १:३० बजे एक व्यक्ति नदीमा हाम फाल्दा गम्भीर घाइते भएका छन्।

हामफाल्ने व्यक्ति स्थानीय ४० वर्षीय हरिनारायण मण्डल (भुन्टा) रहेको खुलेको छ। पेशाले वसन्ती (मालवाहक गाडी) चालक रहेका मण्डल नियमित रूपमा मादक पदार्थ सेवन गर्ने व्यक्ति भएको स्थानीयहरूले बताएका छन्। घटनाको समयमा पनि उनी मादक पदार्थ सेवन गरेको थिए।

हाम फालेपछि गम्भीर रूपमा घाइते भएका मण्डललाई स्थानीयहरूले उद्धार गरी तत्कालै रङ्गेली अस्पताल पुर्याएका थिए। चिकित्सकका अनुसार, उनको मेरुदण्डमा गम्भीर चोट लागेको छ। आवश्यक उपचार राङ्गेलीमा सम्भव नभएपछि उनलाई थप उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको छोरा विशाल मण्डल ले बताए ।

प्रकाशित मिति: २०२५-०२-१० , समय : ०८:०६:४६ , २ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित