सिंहदेबी माबिमा अतिरिक्त क्रियाकलाप प्रतियोगिता सम्पन्न

मोरङको कानेपोखरी ५ स्थित जहदामा रहेको श्री सिंहदेबि माध्यमिक बिधालयमा अतिरिक्त क्रियाकलाप प्रतियोगिता सम्पन्न भएको छ ।

मिति: २०२५-०२-११ , समय : १०:२५:५६ , विवेक खतिवडा

विवेक खतिवडा

मोरङको कानेपोखरी ५ स्थित जहदामा रहेको श्री सिंहदेबि माध्यमिक बिधालयमा अतिरिक्त क्रियाकलाप प्रतियोगिता सम्पन्न भएको छ ।

बिद्यालयका प्रधानाध्यापक धर्मराज थापाका अनुसार वडा नम्बर ५ को १ लाख २५ हजार आर्थिक सहयोगमा बिहिवार र शुक्रबार भएको कार्यक्रममा हाजिरी जबाफ, निबन्ध लेखन, बक्तुत्व कला र नेपाली अङ्ग्रेजी हस्तलेखन प्रतियोगिता १४ वटा माबी सस्थागत र सामुदायिक बिद्यालयको उपस्थितिमा आयोजना गरेको हो ।

हाजिरी जबाफ प्रतियोगितामा बाल माबी हरकपुर प्रथम, श्री माबी भौसाबारी, पिनाकल ज्ञान मन्दिर बयरबन तेस्रो र निबन्ध लेखन प्रतियोगितामा सिंहदेबी माबी प्रथम, जनसेवामाबी दोस्रो, माउन्ट हर्मोन चिल्ड्रेन एकेडेमी तेस्रो भएको छ ।

बक्तुत्वकला प्रतियोगितामा माउन्ट हर्मोन चिल्ड्रेन एकेडेमी प्रथम, सिंहदेबी दोस्रो, जनकल्याण माबी तेस्रो त्यस्तै अङ्ग्रेजी हस्तलेखन प्रतियोगितामा माउन्ट हर्मोन चिल्ड्रेन एकेडेमी प्रथम, आर्दस दोस्रो, मकालु मोरङ तेस्रो र नेपाली हस्तलेखन प्रतियोगितामा माउन्ट हर्मोन प्रथम, सिंहदेबी दोस्रो, मास्टर भिजन एकेडेमी तेस्रो भएको हो ।

बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष भोज कुमार राईको अध्यक्षतामा भएको समापन कार्यक्रमको प्रमुख अतिथि कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नाम विशिष्ट अतिथिमा प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादब, वडा नम्बर ५ का अध्यक्ष चरण गुरुङ र अतिथीमा शिक्षा शाखा प्रमुख चुडामणिा रेग्मी, वडा सदस्यहरु दिपक लुइँटेल, रखिलाल चौधरी, प्रमिला परियार र सुशिला धिमाल रहेका थिए ।

प्रकाशित मिति: २०२५-०२-११ , समय : १०:२५:५६ , २ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित