रङ्गेली नगरपालिकामा शिक्षक सरुवाको विवाद समाधानतर्फ, हर्क बहादुर पौडेलको १६ महिनापछि हाजिरीपछि सरुवाको सहमति

मिति: २०२५-०२-११ , समय : १०:४९:५४ , Our Pradesh

Our Pradesh

रङ्गेली नगरपालिकामा शिक्षक सरुवाको विवाद समाधानतर्फ, हर्क बहादुर पौडेलको हाजिरीपछि सरुवाको सहमति

आवर प्रदेश मिडियाले बारम्बार उठाएको रङ्गेली नगरपालिका र निचमारी आधारभूत विद्यालयबीचको शिक्षक सरुवा विवाद अन्ततः समाधानतर्फ उन्मुख भएको छ।

 

यस विषयमा प्रजातन्त्रको धरोहरका रूपमा रहेको नेपाली कांग्रेसले सकारात्मक पहल गर्दै समस्या समाधानको लागि महत्वपूर्ण भूमिका खेलेको छ। यस पहलका लागि नेपाली कांग्रेस धन्यवादको पात्र बनेको छ।

 

हालसम्म चर्कँदै गएको विवादलाई हल गर्न नेपाली कांग्रेस र रङ्गेली नगरपालिकाको समन्वयमा नेपाल शिक्षक महासंघ रङ्गेली, नेपाल शिक्षक संघ रङ्गेली, र नेपाल राष्ट्रिय शिक्षक संगठन रङ्गेलीबीच सहमति जुटेको छ। सहमतिअनुसार, हर्क बहादुर पौडेललाई हाजिर गराएर एक महिनाभित्र अर्को विद्यालयमा सरुवा गर्ने निर्णय भएको छ।

 

यस सहमतिसँगै, लामो समयदेखि जारी रहेको यो विवाद समाधानको चरणमा पुगेको छ, जसले शिक्षक व्यवस्थापनलाई थप व्यवस्थित गर्ने विश्वास गरिएको छ।अब रह्यो रङ्गेली नगरपालिका शिक्षा शाखाले तहअनुसारका शिक्षकलाई विद्यालय प्रधानाध्यापकमा नियुक्ति गर्नुपर्ने कुरा,रङ्गेलीका केही विद्यालयमा लामो समयदेखि तहनुसारका शिक्षक भएतापनि प्रधानाध्यापक नियुक्ति प्रक्रिया त्रुटि रहेको र त्यसलाई सुधार्नुपर्ने आवश्यक देखिन्छ ।

प्रकाशित मिति: २०२५-०२-११ , समय : १०:४९:५४ , २ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित