रुकुमबाट ६ थान भरुवा बन्दुक बरामद

मिति: २०२३-०३-३१ , समय : १३:४८:०२ , आवर प्रदेश

आवर प्रदेश

रुकुम , १७ चैत । सिस्ने गाउँपालिका(४ साउडेरा खोलाको ओढारबाट भरुवा बन्दुक ६ थान शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट धाउन्नेबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०३-३१ , समय : १३:४८:०२ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित