रङ्गेली संसारी मन्दिरमा प्रधानाध्यापक माथि आक्रमण: पाँच जना पक्राउ, प्रहरीको तत्परता प्रशंसनीय

मिति: २०२५-०२-१७ , समय : २०:४२:१४ , पारस मण्डल

पारस मण्डल

रङ्गेली संसारी मन्दिर घटनाः अपराधीहरू नियन्त्रणमा, प्रहरीको सक्रियता प्रशंसनीय

रङ्गेलीको ऐतिहासिक तथा धार्मिक स्थल संसारी मन्दिरमा हिजो घटेको कुटपिट घटनाले सर्वसाधारणमा चिन्ता उत्पन्न गराएको छ। शैक्षिक भ्रमणका क्रममा आएका विद्यार्थीहरूमाथि सुनबर्सी–५ का केही युवाहरूले दुर्व्यवहार गर्नुका साथै प्रधानाध्यापकमाथि समेत आक्रमण गरेको घटनाले समाजमा अपराधी मानसिकताको जरा गहिरो छ भन्ने देखाएको छ।

 

साल्पा माध्यमिक विद्यालय, दुहबी–१३ का विद्यार्थीहरू शैलजा आचार्य पोलिटेक्निकल कलेजको शैक्षिक भ्रमणमा सहभागी भई संसारी मन्दिर पुगेका थिए। सोही क्रममा सुनबर्सी–५ का पाँच जना युवाहरूले छात्राहरूलाई अनावश्यक जिस्क्याउँदै आफूसँग फोटो खिच्न दबाब दिएका थिए। जब विद्यार्थीहरूले यस कुराको प्रतिकार गरे, तब ती युवाहरू झन् आक्रोशित हुँदै प्रधानाध्यापकलाई समेत हातपात गरी टाउको फुट्ने गरी आक्रमण गरे। घटनास्थलमा उपस्थित समितिका सदस्यहरूलाई समेत दुर्व्यवहार गरिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

घटना लगत्तै इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक सन्तोष खड्का नेतृत्वको टोली घटनास्थलमा पुगेर अपराधमा संलग्न पाँचै जनालाई नियन्त्रणमा लिई सार्वजनिक शान्ति विरुद्धको अवद्र मुद्दा दर्ता गरेको छ। हाल पाँचै जना युवाहरूलाई पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

 

समाजमा अमनचयन कायम गर्न तथा अपराधी गतिविधि नियन्त्रण गर्न प्रहरी प्रशासनले देखाएको तत्परता अत्यन्तै सराहनीय छ। अपराधको जरा उखेल्न प्रहरीको यो प्रयास प्रशंसनीय हुनुका साथै गुण्डागर्दी प्रवृत्तिलाई परास्त गर्ने प्रहरीको प्रतिबद्धता जनताले उच्च सम्मानका साथ लिएका छन्।

 

यसैबीच, संसारी मन्दिर जस्तो पवित्र धार्मिकस्थलमा यस्ता घटनाहरू दोहोरिन नदिन सुरक्षा व्यवस्थामा थप ध्यान दिनुपर्ने आवश्यकता छ। मन्दिर व्यवस्थापन समितिले यस्तो संवेदनशील ठाउँमा सुरक्षाको प्रत्याभूति गर्न उचित कदम चाल्नुपर्ने सर्वसाधारणको माग छ।

 

अपराधविरुद्धको लडाइँमा प्रहरी प्रशासनको सक्रियता प्रशंसनीय छ। अपराधीलाई कानुनी कारबाहीको कठोर दायरामा ल्याउन सबै पक्ष एकजुट हु

न आवश्यक छ।

 

प्रकाशित मिति: २०२५-०२-१७ , समय : २०:४२:१४ , २ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित