रंगेलीमा अवैध कस्मेटिक सामान नियन्त्रण, १ लाख ३७ हजार बराबरको माल भन्सार पठाइयो
मिति: २०२५-०२-२० , समय : १४:१२:५० , Our Pradesh
मिति: २०२५-०२-२० , समय : १४:१२:५० , Our Pradesh
Our Pradesh
रंगेलीमा अवैध कस्मेटिक सामान नियन्त्रण, १ लाख ३७ हजार बराबरको माल भन्सार पठाइयो
मोरङको रंगेली नगरपालिका-८ दर्बेशा चौकस्थित रंगेली–कानेपोखरी हाईवे सडक खण्डमा अवैध रूपमा ल्याइँदै गरेका विभिन्न कस्मेटिक सामानहरू प्रहरीले बरामद गरेको छ।
२०८१ फागुन ६ गते राति करिब ७:०० बजे इप्रका दोहमनाबाट खटिएको प्रहरी निरीक्षक पूर्णबहादुर केसी नेतृत्वको गस्ती टोलीले रंगेलीबाट कानेपोखरी जाँदै गरेको को १ ख ३९१४ नम्बरको यात्रुबाहक बसलाई जाँच गर्ने क्रममा सो सामग्री बरामद गरेको हो।
बरामद सामग्रीहरूमा समावेश रहेका छन्:
1. बेनिफिट सेन्ट – १४४ पिस (रु. ५२,९९२)
2. रिया पोइजा सेन्ट – ६ पिस (रु. ३,४४८)
3. मेलोडियन सेन्ट (सानो) – ९० पिस (रु. २५,२००)
4. फेयर लभली क्रिम – ७ बन्डल (रु. २,०००)
5. मेलोडियन सेन्ट (ठूलो) – ३५ पिस (रु. २२,३३०)
6. भेटनोभिट सि क्रिम – १०० पिस (रु. ११,१००)
7. फेस वास – ७२ पिस (रु. २०,७३६)
जम्मा बरामद गरिएको सामग्रीको अनुमानित बजार मूल्य रु. १,३७,८०६ (एक लाख सैंतीस हजार आठ सय छ) रहेको छ।
प्रहरीले उक्त अवैध रूपमा ल्याइएका सामग्री नियन्त्रणमा लिई थप अनुसन्धानका लागि रानी भन्सार कार्यालय, विराटनगर पठाएको जनाएको छ। अवैध तस्करी नियन्त्रणलाई प्रभावकारी बनाउन निरन्तर निगरानी ब
ढाइएको प्रहरी स्रोतले जनाएको छ।
प्रकाशित मिति: २०२५-०२-२० , समय : १४:१२:५० , २ महिना अगाडि