मेयर निर्विरोध विजयी, उपमेयर पराजित: कार्यपालिका सदस्य सुनिता दासको प्रभावशाली जित

मिति: २०२५-०२-२२ , समय : १९:५१:०४ , Our Pradesh

Our Pradesh

मेयर निर्विरोध विजयी, उपमेयर पराजित: कार्यपालिका सदस्य सुनिता दासको प्रभावशाली जित

मोरङ, सुनबार्सी न .पा वडा नम्बर ५ मा नेकपा (एमाले) शाखा कमिटीको भेलाले जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट गर्दा सुनबर्सी नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद राजबंशी निर्विरोध चयन भएका छन्। तर, सुनबर्सी नगरपालिकाकी उपमेयर मिरादेवी दास केवरत भने कार्यपालिका सदस्य सुनिता दास सँग पराजित भएकी छिन्।

छनोट प्रक्रियामा सुनिता दासले ४४ मत प्राप्त गर्दा, उपमेयर मिरादेवी दासले २० मत मात्र पाउन सफल भइन्। जम्मा ६४ जना पीएमसी सदस्य रहेको सुनबर्सी वडा नम्बर ५ बाट एक पुरुष र एक महिला प्रतिनिधि चयन गरिनुपर्ने प्रावधान अनुसार, नगर प्रमुख राजबंशीलाई निर्विरोध पुरुष प्रतिनिधि चयन गरिएको थियो। महिलातर्फ उपमेयर दास र कार्यपालिका सदस्य दासबीच प्रतिस्पर्धा हुँदा उपमेयर दास पराजित भइन्।

यो प्रतिस्पर्धात्मक छनोट कार्यक्रम आज दिउँसो ३ बजे झुंगीटोलको श्री राम जानकी विद्यालयमा सम्पन्न भएको थियो।

यस घटनाले नेकपा (एमाले) भित्रको प्रतिस्पर्धात्मक राजनीति झल्काएको छ, जहाँ नगर प्रमुख निर्विरोध विजयी भए पनि, उपमेयरले कार्यपालिका सदस्यसँग हार व्यहोर्नुपर्‍यो।

 

प्रकाशित मिति: २०२५-०२-२२ , समय : १९:५१:०४ , २ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित