महिला प्रहरीलाई उत्कृष्ट कार्यका लागि नगद पुरस्कार प्रदान
मिति: २०२५-०३-०८ , समय : १३:२३:२६ , Our Pradesh
मिति: २०२५-०३-०८ , समय : १३:२३:२६ , Our Pradesh
Our Pradesh
महिला प्रहरीलाई उत्कृष्ट कार्यका लागि नगद पुरस्कार प्रदान
मोरङ, २४ फागुन २०८१ – इलाका प्रहरी कार्यालय रंगेलीले ११५औँ अन्तर्राष्ट्रिय नारी दिवस २०८१ को अवसरमा मातहत कार्यालयहरूमा कार्यरत महिला प्रहरी कर्मचारीहरूमध्ये उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरीहरूलाई सम्मान गरेको छ।
कार्यालय प्रमुख प्रहरी निरीक्षक सन्तोष कुमार खड्का ज्यूको प्रमुख मा सम्पन्न कार्यक्रममा उत्कृष्ट कार्य गर्ने महिला प्रहरीहरूलाई नगद पुरस्कार प्रदान गरिएको हो।
प्रहरी निरीक्षक खड्काले महिला प्रहरीहरूको मेहनत, समर्पण र कर्तव्यनिष्ठालाई उच्च मूल्यांकन गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी सेवा प्रवाहको अपेक्षा व्यक्त गरे।
कार्यक्रममा रंगेली क्षेत्रका प्रहरी अधिकृत तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। सम्मानित महिला प्रहरी कर्मचारीहरूले यस सम्मानले आफ्नो दायित्वप्रति थप ऊर्जा प्रदान गर्ने
बताए।
प्रकाशित मिति: २०२५-०३-०८ , समय : १३:२३:२६ , १ महिना अगाडि