धनपालथान गाउँपालिकामा १५ शैय्या अस्पताल शिलान्यास विवाद टुंगियो
मिति: २०२५-०३-१३ , समय : ०८:३८:०२ , पारस मण्डल
मिति: २०२५-०३-१३ , समय : ०८:३८:०२ , पारस मण्डल
पारस मण्डल
धनपालथान गाउँपालिकामा १५ शैय्या अस्पताल शिलान्यास विवाद टुंगिय
मोरङ — धनपालथान गाउँपालिका-५ मा निर्माणाधीन १५ शैय्या अस्पतालको शिलान्यासलाई लिएर उत्पन्न विवाद समाधान भएको छ। जिल्ला प्रशासन कार्यालय, मोरङमा हिजो (फागुन २८) दुबै पक्षबीच बसेको छलफलपछि सहमति जुटेको हो।
सहमति अनुसार, गाउँपालिका अध्यक्षले शिलान्यास भइसकेको अस्पताल पुनः शिलान्यास नगर्ने प्रतिबद्धता जनाएका छन्। साथै, आज कार्यपालिकाको बैठक बसी अवरुद्ध भएको अस्पताल निर्माण कार्य संयुक्त रूपमा ढलान पूजा गरी सुचारु गर्ने निर्णय गरिएको छ।
सहमति भएसँगै अस्पताल निर्माण कार्य अघि बढ्ने बाटो खुलेको छ, जसले स्थानीयबासीलाई शीघ्र स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिए
को छ।
प्रकाशित मिति: २०२५-०३-१३ , समय : ०८:३८:०२ , १ महिना अगाडि