सुनवर्षीमा स्कुल बसको ठक्करबाट ९ वर्षीया बालिकाको मृत्यु

मिति: २०२५-०३-१६ , समय : २१:२६:१७ , Our Pradesh

Our Pradesh

सुनवर्षीमा स्कुल बसको ठक्करबाट ९ वर्षीया बालिकाको मृत्यु

मोरङको सुनवर्षी नगरपालिका–१, कमलपोखरीस्थित भित्री सडकखण्डमा आइतबार साँझ स्कुल बसको ठक्करबाट ९ वर्षीया सञ्जु परियारको मृत्यु भएको छ।

प्याराडाइज बोर्डिङ स्कुलको ना ४ ख ८८४३ नम्बरको बसले विपरीत दिशाबाट साइकलमा आउँदै गरेकी बालिकालाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई तत्कालै उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर लगिएको थियो, तर उपचारको क्रममा साँझ ६ बजे चिकित्सकले मृत घोषित गरेका थिए।

 

प्रहरीले बस चालक, सुनवर्षी–१ शुक्रबारेका ३६ वर्षीय राजेन्द्र राईलाई नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान जारी रहे

को छ।

 

प्रकाशित मिति: २०२५-०३-१६ , समय : २१:२६:१७ , १ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित