सुनवर्षीमा स्कुल बसको ठक्करबाट ९ वर्षीया बालिकाको मृत्यु

मिति: २०२५-०३-१७ , समय : २१:२६:४१ , Our Pradesh

Our Pradesh

सुनवर्षीमा स्कुल बसको ठक्करबाट ९ वर्षीया बालिकाको मृत्य

 

मिति २०८१ चैत महिनाको ४ गते,

मोरङको सुनवर्षी नगरपालिका–१, कमलपोखरीस्थित भित्री सडकखण्डमा आइतबार साँझ स्कूल बसको ठक्करबाट ९ वर्षीया सञ्जु परियारको मृत्यु भएको छ।

 

प्याराडाइज बोर्डिङ स्कुलको ना ४ ख ८८४३ नम्बरको बसले विपरीत दिशाबाट साइकलमा आउँदै गरेकी बालिकालाई ठक्कर दिएको थियो। गम्भीर घाइते परियारलाई तत्कालै उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर पुर्‍याइएको थियो, जहाँ साँझ ६ बजे चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

 

पीडित पक्षको भनेअनुसार बस दुर्घटनामा चालक बिष्णु राई रहेको खुलेको छ भने सहचालक ३६ वर्षीय राजेन्द्र राई रहेको बुझिएको छ।  अहिले चालक पहिचानमा विवाद उत्पन्न भएपछि मृतकका परिवारले पोस्टमार्टम गर्न अस्वीकार गरेका छन्। हाल घटनाबारे प्रहरी अनुसन्धान जारी रहे

को छ।

 

प्रकाशित मिति: २०२५-०३-१७ , समय : २१:२६:४१ , १ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित