धनपालथानमा भीषण आगलागी: तीन वर्षीया बालिकाको जलेर मृत्यु, करोडौंको क्षति
मिति: २०२५-०३-१८ , समय : २२:५५:३१ , Our Pradesh
मिति: २०२५-०३-१८ , समय : २२:५५:३१ , Our Pradesh
Our Pradesh
धनपालथानमा भीषण आगलागी: तीन वर्षीया बालिकाको जलेर मृत्यु, करोडौंको क्षति
विराटनगर, मोरङ – मोरङको धनपालथान गाउँपालिका-७, कदमाको बोर्डिङ टोल र वडा नं. ६, कदमाहाको मुस्लिम टोलमा मंगलबार भीषण आगलागी भएको छ। आगलागीमा परी तीन वर्षीया बालिका रेश्मा खातुनको जलेर मृत्यु भएको छ भने ११ परिवारका १६ वटा घर पूर्ण रूपमा नष्ट भएका छन्।
प्रहरीका अनुसार मृतक बालिका मो. हनिफ मियाँकी छोरी हुन्। आगलागीका कारण स्थानीयको सम्पत्ति, घर तथा जीविकोपार्जनका साधन पूर्ण रूपमा नष्ट भएका छन्। प्रहरीको प्रारम्भिक अनुमानअनुसार करिब ७५ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ।
आगोले स्थानीय मोहमद हासिम मियाँ, इस्ताक मियाँ, इसाद मियाँ, मोहमद मुस्ताक मियाँ, कुर्सिद मियाँ, अन्सारुल मियाँ, मोहमद हनिफ मियाँ, सलमान मियाँ, मोहमद रजाक मियाँ, मुर्सिद मियाँ, चन्दन पुरी, शिवनारायण पुरी र देवनारायण पुरीको घर तथा गोठहरु जलेर ध्वस्त भएको छ।
आगोलगडीको असर:
१६ वटा घर, ३ भान्साघर र २ गाईगोठ जलेर नष्ट
एक पसलसहितको गुम्ती जलेको
२ हाँस, २ बाख्रा र ४ परेवा समेत जलेर मरेका
प्रहरीका अनुसार आगलागी दिउँसो १२:३० बजे सुरु भई स्थानीयबासी र दमकलको सहयोगमा करिब डेढ घण्टापछि नियन्त्रणमा लिइएको थियो। विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ।
राहत र सहयोग
प्रमुख जिल्ला अधिकारी (सिडियो) इन्द्रदेव यादव ले मृतक परिवारलाई रु. २ लाख, तथा अन्य पीडित परिवारलाई प्रत्येकलाई रु. २०,००० राहत दिने घोषणा गर्नुभएको छ। साथै, नेपाल रेडक्रस सोसाइटी ले खाद्यान्न, त्रिपाल, कम्बल, लत्ताकपडा लगायतका आवश्यक सामग्री वितरण गरिरहेको छ।
स्थानीय प्रशासनले आगलागीबाट पीडित परिवारलाई थप राहत तथा पुनःस्थापनाका लागि आवश्यक पह
ल गरिरहेको जनाएको छ।
प्रकाशित मिति: २०२५-०३-१८ , समय : २२:५५:३१ , ३ हप्ता अगाडि