नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यको पुनर्नियुक्ति, गृहमन्त्री लेखकको असहमति

मिति: २०२५-०३-२४ , समय : २१:५९:४६ , Our Pradesh

Our Pradesh

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यको पुनर्नियुक्ति, गृहमन्त्री लेखकको असहमति

सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनः नियुक्त गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कुलमान घिसिङलाई पदमुक्त गर्दै शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो।

 

ऊर्जामन्त्री दीपक खड्काले घिसिङलाई पदमुक्त गर्ने प्रस्ताव पेस गरेपछि प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरूको राय सोधेका थिए। छलफलका क्रममा गृहमन्त्री रमेश लेखकले “यो निर्णयले अदालतमा चुनौती आउन सक्छ र घिसिङलाई पुनःस्थापना गर्ने सम्भावना छ,” भन्दै घिसिङलाई हटाउन नहुने धारणा व्यक्त गरेका थिए।

 

विगतमा पनि शाक्यलाई कार्यकारी निर्देशक बनाइएको थियो, तर पछि उनलाई हटाएर घिसिङलाई पुनः जिम्मेवारी दिइएको थियो। घिसिङको कार्यकाल २०७८ साउन २५ देखि २०८२ साउन २४ सम्मका लागि तोकिएको

थियो।

 

प्रकाशित मिति: २०२५-०३-२४ , समय : २१:५९:४६ , ३ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित