एम्बुलेन्स खरिदका लागि श्रीमद्भागवत महापुराण आयोजना

मिति: २०२५-०३-२५ , समय : ०८:५०:४१ , राम कुमार शर्मा

राम कुमार शर्मा

मोरङ,। रङ्गेली नगरपालिका-८ र ९ को सिमाक्षेत्र फर्षादाङ्गीमा उद्धार गाडी (एम्बुलेन्स) खरिद गर्न दोहमना संघर्षशील युवक क्लबले श्रीमद्भागवत महापुराण यज्ञ आयोजना गर्ने भएको छ। स्थानीयस्तरमा सहज र सुलभ एम्बुलेन्स सेवा उपलब्ध गराउने उद्देश्यले क्लबले महापुराणबाट संकलित दान-दक्षिणा मार्फत एम्बुलेन्स खरिद गर्ने योजना बनाएको क्लबका अध्यक्ष सुरज यादवले जानकारी दिए।

सोमवार बसेको बैठकले महापुराणलाई सफल बनाउन विशेष समिति गठन गरेको छ। रङ्गेली-९ का वडा अध्यक्ष चुडामणि रेग्मीको अध्यक्षतामा गठन भएको समितिमा दीपेन्द्र ढकाल (अध्यक्ष), हरी न्यौपाने (उपाध्यक्ष), बिना कुमारी राजवंशी (कोषाध्यक्ष), रमेश कुमार मण्डल (सचिव), केशव प्रसाद मिश्र (सह-सचिव) रहेका छन्। त्यस्तै राजेश रिजाल, कुमार रिजाल, भुवन बराल, विष्णु प्रसाद तिम्सिना, चम्पा गौतम, विसंदेव मण्डल, सदानन्द दाहाल र डम्बर उप्रेती सदस्यका रूपमा चयन भएका छन्।

चैत्र २० देखि २७ गतेसम्म सञ्चालन हुने महापुराणमा प्रमुख कथा वाचक प्रशंसा देवी उपाध्याय रहनु हुनेछ। युवा क्लबका सचिव रमेश कुमार मण्डलका अनुसार, महापुराणमा भक्तजन तथा श्रद्धालुहरूले इच्छाअनुसार दान गर्न सक्नेछन्, जसबाट संकलित रकम एम्बुलेन्स खरिदका लागि खर्च गरिनेछ।

प्रकाशित मिति: २०२५-०३-२५ , समय : ०८:५०:४१ , २ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित