टकुवा प्रिमियर लिग चैत्र २७ बाट सुरु हुँदै, १६ टोलीको सहभागिता
टकुवा प्रिमियर लिग (TPL) चैत्र २७ देखि शुरु हुँदै, १६ टोलीको सहभागिता हुने यस प्रतिस्पर्धाले क्रीडाप्रेमीहरूको मन जित्ने विश्वास व्यक्त गरिएको छ। यस वर्षको संस्करणमा नयाँ उत्साह र रोमाञ्च थपिएको छ।
मिति: २०२५-०४-०७ , समय : १३:३७:१६ ,
राम कुमार शर्मा
राम कुमार शर्मा
रंगेली| मोरङको सुनवर्षीमा तेस्रो संस्करणको टकुवा प्रिमियर लिग (TPL) प्रतियोगिता चैत्र २७ गतेदेखि सुरु हुने भएको छ। रोडसेस डेन्टल क्लिनिकको सहयोगमा इलेभेन स्टार युथ क्लब र टकुवा टाइटेनिक क्रिकेट क्लबको संयुक्त आयोजनामा प्रतियोगिता गरिन लागिएको हो।
सम्पूर्ण क्रिकेट खेलाडीहरूको स्तर अभिवृद्धि गर्ने र क्रिकेटको विकासमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा सुनवर्षी, इटहरी, बिर्तामोड, विराटनगर, राटुवामाई, रंगेली, धनपालथान, जाँदा र झापालगायतका क्षेत्रबाट १६ टोलीले सहभागिता लिने अध्यक्ष मानिस मण्डलले जानकारी दिएको छ ।
सुनवर्षी–५ स्थित एमसीजी ग्राउण्डमा सञ्चालन हुने लिगको विजेता टोलीले नगद ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ। उपविजेता टोलीले २१ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने संयोजक डा. शेखर कुमार मण्डलले जानकारी दिएका छन्।
आयोजकका अनुसार प्रतियोगितामा थप प्रायोजन प्राप्त भएमा पुरस्कार राशिमा वृद्धि गरिनेछ। प्रतियोगिता चैत्र २७ गतेदेखि सुरु भएर चैत्र ३० गतेसम्म सञ्चालन हुनेछ
प्रकाशित मिति: २०२५-०४-०७ , समय : १३:३७:१६ , १ हप्ता अगाडि