भारतीय पासपोर्टमा विदेश उडान, नेपाली नागरिकतामा धन्दा— दोहोरो नागरिकता देख्दैन गृहमन्त्रीको आँखा?
मिति: २०२५-०४-०८ , समय : ११:१४:०८ , Our Pradesh
मिति: २०२५-०४-०८ , समय : ११:१४:०८ , Our Pradesh
Our Pradesh
“भारतीय पासपोर्टमा विदेश उडान, नेपाली नागरिकतामा धन्दा— दोहोरो नागरिकता देख्दैन गृहमन्त्रीको आँखा
पर्सा जिल्लाको वीरगन्जमा डेरा गरी बस्ने भारतीय नागरिक नवनित कुमार सिंहले नेपालमा जन्मको आधारमा नागरिकता लिएर खुलेआम कारोबार गरिरहेका छन्। भारतको बिहार राज्य, पूर्णिया जिल्लास्थित चैनापुरा चान्दपुर निवासी श्याम नन्दन सिंहका छोरा नवनित कुमारले नवनित कुमार ‘सिंह’ नाममा नेपालमा नागरिकता लिएका हुन्। सो नागरिकताको भरमा सवारी चालक अनुमति पत्रसमेत प्राप्त गरिसकेका छन्।
तर, अर्को पाटो के छ भने, उनी वर्षौंदेखि भारतीय पासपोर्टको आधारमा नेपालका विमानस्थलमार्फत दिल्लीसहित विभिन्न देश ओहोर–दोहोर गरिरहेका छन्। सन् २०२३ अप्रिल १७ मा भारतीय पासपोर्ट प्रयोग गरेर उनी दिल्ली गएका थिए, जुन स्पष्ट प्रमाण हो कि उनी भारतीय नागरिक हुन्।
उनी हाल Modi Mundi Pharma नामक भारतीय औषधि कम्पनीमा कार्यरत छन् र सो कम्पनीमा आफूलाई भारतीय नागरिक भनेर कागजातमा देखाएका छन्। नेपाली कागजातमा उल्लेख गरिएको जन्ममिति, बाबुको नाम, रगतको समूह र तस्बिर भारतीय कागजातसँग हुबहु मेल खानु थप रहस्यपूर्ण विषय हो।
नेपालमा उनले नेपाली नागरिकको हैसियतमा काठमाडौँ, पोखरा, बिराटनगर, सिमरा लगायत शहरहरूमा घुमफिर गर्दै कारोबार गरिरहेका छन्। हाल उनी वीरगन्जमा श्रीमतीसँग डेरा गरी बसिरहेका छन्।
यो प्रष्ट रूपले दोहोरो नागरिकताको उदाहरण हो, तर आश्चर्यको कुरा के भने—२०८० जेठ २४ गते जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दर्ता गरिएको थियो भने २०८० जेठ २६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता नम्बर C-068684 अन्तर्गत पेश गरिएको छ। तर, त्यसको वर्षौं बितिसक्दा पनि अख्तियार चुप, गृह मन्त्रालय चुप, जिल्ला प्रशासन अझै ‘कुनै जानकारी छैन’ भन्ने मुद्रा!
अझ हद त तब भयो जब उनी पूर्व डिआइजी रमेश लेखकसँग फोटो खिचाउँदै यस्तो धम्की दिने गर्छन्—“को के गर्छ मलाई? पैसा छ, कानुन किन्दिन्छु।”
प्रहरीसँग मिलेमतो भएको आशंका प्रबल बन्दै गएको छ। किनभने यस्तो ठोस प्रमाण हुँदाहुँदै पनि न कारबाही, न पक्राउ।
अब प्रश्न उठ्न थालेको छ—
“के राज्य पैसावाल विदेशीका लागि मात्र हो?”
“कानुन किन यो देशमा केवल गरीबमाथि मात्र लागु हुन्छ?”
दुई देशको नागरिकता लिएका, कानूनको धज्जी उडाइरहेका, प्रमाणसहित उजुरी दर्ता भइसकेका नवनित कुमार सिंहमाथि अहिलेसम्म सरकारले किन चुप्पी साधेको हो भन्ने प्रश्नले झस्काइरहेका छन्।
सरकार, गृह मन्त्रालय र सम्बन्धित निकायले तुरुन्त कदम चालेर, नवनित कुमार सिंहलाई कानुनी दायरामा ल्याई, नागरिकताको अपमान गर्नेहरूमाथि उदाहरणीय कारबाही गर्न आवश्यक छ।
नत्र “देशभक्त नागरिक हेरेको हेरेै, धन्देबाज विदेशीले देश चपाए” भन्ने दिन टाढा छैन।
प्रकाशित मिति: २०२५-०४-०८ , समय : ११:१४:०८ , १ हप्ता अगाडि