दर्दनाक दुर्घटना भिडियो सहित

मिति: २०२३-०३-३१ , समय : २१:०६:१८ , आवर प्रदेश

आवर प्रदेश

पोखरामा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ४५ वर्षका सूर्य थकाली रहेको जिल्ला ट्राफीक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पोखराको न्यूरोडस्थित भाटभटेनी नजिकै ग५प ९४ नम्बरको स्कुटरलाई ग१ज ४५४० नम्बरको माइक्रोबसले ठक्कर दिँदा दुर्घटना भएको हो ।

उनलाई माइक्रोबसले लगभग २० मिटर लतार्दै लगेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका थकालीको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सवारी चालक र माइक्रोलाई नियन्त्रणमा लिएको छ ।दुर्घटनापछि स्थानीयले बसमा तोडफोडको प्रयास गर्न खोजेका थिए ।प्रहरीले स्थिति नियन्त्रणमा लिएको थियो । कसरी भयो त घटना बाकी भिडियोमा हेर्नुहोस

प्रकाशित मिति: २०२३-०३-३१ , समय : २१:०६:१८ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित