सुनवर्षीमा मोटरसाइकल दुर्घटनामा पत्रकार भूपेन्द्र कटवालको दुःखद निधन
मिति: २०२५-०४-११ , समय : २२:४२:०० , Our Pradesh
मिति: २०२५-०४-११ , समय : २२:४२:०० , Our Pradesh
Our Pradesh
सुनवर्षी, मोरङ —
आज साँझ करिब ५ बजे सुनवर्षी नगरपालिका–३ भेलाइटोलमा भएको एक दर्दनाक मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका पत्रकार भूपेन्द्र कटवालको उपचारको क्रममा निधन भएको छ। कटवाल सुनवर्षी प्रेस सल्लाहकार तथा सारथी न्युजका सञ्चालक हुनुहुन्थ्यो।
घटनापछि तत्कालै उपचारका लागि कटवाललाई बिराटनगरस्थित न्यूरोξ हस्पिटल लगिएको थियो। तर, राति करिब ८ बजे चिकित्सकहरूले उहाँलाई मृत घोषणा गरेका थिए। उहाँको असामयिक निधनले पत्रकारिता क्षेत्र मात्र होइन, सम्पूर्ण समाज स्तब्ध र शोकाकुल बनेको छ।
स्व. कटवाल सधैं निष्पक्ष, निर्भीक र जनसरोकारका विषयमा कलम चलाउने एक इमानदार तथा समर्पित सञ्चारकर्मीका रूपमा चिनिनुहुन्थ्यो। उहाँको योगदान सदैव स्मरणीय रहनेछ।
दुर्घटनामा संलग्न ट्रयाक्टर (ट्रयाक्टर नम्बर खुलाइएको छैन) र त्यसका चालक सुनवर्षी नगरपालिका–४ निवासी अमरजित महतो इलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा रहेको प्रहरी स्रोतले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।
प्रकाशित मिति: २०२५-०४-११ , समय : २२:४२:०० , ४ दिन अगाडि