नेकपा एमाले विराटनगर महानगर कमिटीमा बलराम गिरी (नविन) प्यानल निर्वाचित
मिति: २०२५-०४-१८ , समय : ०९:०९:५० , Our Pradesh
मिति: २०२५-०४-१८ , समय : ०९:०९:५० , Our Pradesh
Our Pradesh
नेकपा एमाले विराटनगर महानगर कमिटीमा बलराम गिरी (नविन) प्यानल निर्वाचित
विराटनगर, मोरङ – नेकपा एमाले विराटनगर महानगर कमिटीको नयाँ नेतृत्वका लागि सम्पन्न निर्वाचनमा बलराम गिरी (नविन) नेतृत्वको प्यानलले विजयी हासिल गरेको छ।
बिहीबार साँझ ७ बजे सम्पन्न मतदानपछि राति ११ बजेदेखि मतगणना सुरु भएको थियो। अन्तिम नतिजा अनुसार बलराम गिरीले १७३ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका छन्। उनले अध्यक्ष पदका प्रत्यासी रोहित कोइरालालाई ५२ मतको अन्तरले पराजित गरे। कोइरालाले १२१ मत प्राप्त गरेका थिए।
गिरी यसअघि महानगर कमिटीका सचिव थिए भने कोइराला संगठन कमिटीका निवर्तमान अध्यक्ष हुन्।
महानगर कमिटीको उपाध्यक्षमा सुरज न्यौपाने विजयी भए। उनले १४५ मत ल्याउँदा उनका प्रतिस्पर्धी राम पोखरेलले १३६ मत प्राप्त गरे। सचिव पदमा गिरीको प्यानलबाटै उम्मेदवार रहेका विज्ञान चापागाईं विजयी भए। उनले १८३ मत ल्याउँदा उनका प्रतिस्पर्धी नवराज काफ्लेले १०४ मत प्राप्त गरे।
उपसचिव खुला तर्फ हमिद आजाद निर्वाचित भए। उनले १७८ मत प्राप्त गर्दै चन्द्रशेखर विश्वासलाई पराजित गरे, विश्वासले ९८ मत पाएका थिए।
उपसचिव महिला तर्फ हिमा मैनाली पोखरेल निर्वाचित भइन्। उनले १६९ मत प्राप्त गर्दा प्रतिस्पर्धी कला डाँगीले १११ मत ल्याइन्।
यसअघि महानगर कमिटीका ६८ सदस्यहरू सर्वसम्मत रुपमा निर्वाचित भइसकेका थिए।
महानगर अधिवेशन वैशाख २ गते नेकपा एमाले मोरङ जिल्ला पार्टी कार्यालय, पाञ्चालीमा उद्घाटन भएको हो। बन्द सत्र पनि सोही स्थानमा सम्पन्न भएको थियो। दुई समूह चुनावी मैदानमा उत्रिएपछि मतदान प्रक्रिया ढिलो भएको हो। अधिवेशनमा ३१४ प्रतिनिधिमध्ये ३०८ जनाले मतदान गरेका थिए।
प्रकाशित मिति: २०२५-०४-१८ , समय : ०९:०९:५० , १ दिन अगाडि